देशभर फोरजी सेवा पुर्याउन सफल भएको भन्दै मन्त्री बास्कोटाले गरे टेलिकमको प्रशंसा
काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले देशभर फोरजी सेवा पुगेकामा खुशी व्यक्त गरेका छन् । नेपाल टेलिकम को १६ औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा मन्त्री बास्कोटाले कम्पनीको स्वस्थ्य जीवनका निम्ति इमान्दार भएर आफ्नो सम्पूर्ण क्षमता देशका लागि प्रयोग गरेको भन्दै कम्पनीको प्रशंसा समेत गरे ।

मन्त्री बाँस्कोटाले पहुँचको विस्तारसँगै गुणस्तर सुधारमा लाग्न टेलिकमको व्यवस्थापन र कर्मचारीलाई निर्देशन समेत दिए । मन्त्री बास्कोटाले वार्षिकोत्सवस्थलमा कम्पनीमा क्रियाशील एक कर्मचारी युनियनले विरोध जनाएकामा असन्तोष समेत व्यक्त गरे ।

उनले भने, ‘आमाको जन्मदिनका दिन मङ्गलधुन बजाउने कि शोकधुन बजाउने ? यो त गाईजात्रा देखियो ।’ कम्पनीका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले देशका ७७ वटै जिल्लामा हालै फोरजी सेवा सञ्चालन गरेको, सूचना प्रविधि महामार्ग निर्माणको काम भइरहेको र राष्ट्र निर्माणमा सञ्चार क्षेत्रबाट अग्रणी भूमिका निर्वाह गरेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
-
चोभारमा पौडी खेल्न बागमतीमा हामफालेका युवक बेपत्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण