आइतबार, ३० वैशाख २०८१
ताजा लोकप्रिय

ट्रम्पले किन गरे एक राजदूत र शीर्ष सैन्य अधिकारीलाई बर्खास्त ?

शनिबार, २५ माघ २०७६, १५ : ३१
शनिबार, २५ माघ २०७६

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले महाभियोग सुनुवाइमा आफूविरुद्ध बयान दिएका ह्वाइट हाउसका दुई शीर्ष अधिकारीलाई बर्खास्त गरेका छन् । 

यसमा युरोपेली युनियनका लागि अमेरिकी राजदूत गोर्डन सोण्डल्याण्ड र लेफ्टिनेन्ट कर्जल अलेक्जेण्डर विण्डम्यान रहेका छन् । 

दुवैले संसदको तल्लो सदनमा ट्रम्पविरुद्ध बयान दिएका थिए । उनीहरुको बयान ट्रम्पविरुद्ध महाअभियोग सुरु गर्न महत्वपूर्ण साबित भएको थियो । 

सैनिक अधिकारी विण्डम्यान ह्वाइट हाउसमा राष्ट्रिय सुरक्षा परिषदसँग काम गरिरहेका थिए । अब विण्डम्यान ह्वाइट हाउसबाट बाहिरिनेछन् । 

विण्डम्यानबाहेक उनका भाइ लेफ्टिनेन्ट कर्नेल येवगेनी विण्डम्यानलाई पनि ह्वाइट हाउसको सेवाबाट हटाइएको छ ।

विण्डम्यानका वकिलले ट्रम्पको कदम राजनीतिक पूर्वाग्रहपूर्ण रहेको बताए । सिनेटमा सुनुवाई पुरा भएपछि ट्रम्प आफैले पनि दुई अधिकारीसँग खुसी नभएको बताएका थिए । 

लेफ्टिनेन्ट कर्नल विण्डम्यानलाई ह्वाइट हाउसबाट बाहिर निकालेको केही पछि उनका वकिल डेभिड प्रेसम्यानले सत्य बोलेको कारण सजाय भोग्नु परेको बताए । 

यता बर्खास्त हुनासाथ राजदूत सोडल्याण्डका वकिलले एक वक्तव्य जारी गरेका थिए । जसमा भनिएको छ ,‘ मलाई आफ्नो सेवाबाट फिर्ता बोलाइएको छ । यो पदमा रहेर सेवा गर्ने अवसर दिएकोमा राष्ट्रपति ट्रम्प र विदेशमन्त्री माइक पोम्पियोलाई धन्यवाद दिन चाहन्छु । यो काम मेरो करियरकै प्रमुख चरण रह्यो । ’

सोण्डल्याण्डले अमेरिकी संसदको तल्लो सदनमा बोल्ने क्रममा युक्रेनी राष्ट्रपति भोलोदायीमीर जेलेन्स्कीलाई डेमोक्रेटिक नेता जो बाइडेन विरुद्ध जाँच गर्नकै लागि मात्र ह्वाइट हाउस बोलाइएको थियो । 

सोण्डल्याण्ड त्यो समय युरोपेली युनियनका लागि अमेरिकी राजदूत भएका कारण ट्रम्पको निर्देशनमा उनी ट्रम्पको नीजि वकिल रुडि गिलानीसँग युक्रेन नीतिमा काम गरिरहेका थिए । 

अर्को तर्फ लेफ्टिनेन्ट कर्नल विण्डम्यानले बयानका क्रममा आफू २५ जुलाईमा युक्रेनी राष्ट्रपति र ट्रम्पको सम्बाद सुनेर चिन्तित बनको बताए । 

उनले ट्रम्पले गरेको काम एक राष्ट्रपतिको लागि निक्कै खराब रहेको बताएका थिए । यी दुइ अधिकारीले दिएको बयानको बलमा हाउस अफ रिप्रिजेन्टेटिभले डिसेम्बर २०१९मा भएको मतदानमा ट्रम्पलाई शक्तिको गलत प्रयोग र संसदको कामकारबाहीमा अवरोध पु¥याएकोमा दोषी ठहराएका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप