‘मन्त्र’को ट्रेलरमा सौगात र दीयाको प्रेमकथा
काठमाडौं । अभिनेता सौगात मल्ल र अभिनेत्री दीया पुन अभिनित फिल्म ‘मन्त्र’को टिजर सार्वजनिक भएको छ । केही दिन पहिले फष्टलुक सार्वजनिक गरेको यो फिल्मले अहिले ट्रेलर ल्याएको हो ।
ट्रेलरमा हिमाली भेगको सुन्दर दृश्यको अलवा सौगात र दीयाको प्रेमकथाको अलवा बुद्दि तामांङको पनि अभिनय समेटिएको छ ।
गोरखाको मनास्लु क्षेत्र आसपासको कथावस्तुमा निर्माण भएको फिल्म खिल बहादुर गुरुङका निर्देशन गरेका हुन् ।
फिल्ममा सौगात र दीयाले पहिलो पटक स्क्रिन शेयर गरेका छन् । सौगात र दीयाको अलवा फिल्ममा नमिता घिसिङ्ग, विरबहादुर लामाको समेत मुख्य भुमिका रहेको छ ।
मनोज राजभण्डारी निर्माता रहेको फिल्मको कार्यकारी निर्मातामा देबेन्द्र मानन्धर, सह निर्मातामा रबिराज कार्की, सुरेश कार्की, विरबहादुर लामा र सुभ श्रेष्ठ रहेका छन् ।
साम्तेन भुटियाको लेखन रहेको फिल्ममा शम्भुजित बास्कोटा र सन्तोष सुनारको संगीत, संजय लामाको छायांकन, मित्र डि गुरुङको सम्पादन छ । नयाँ बर्ष २०७७ को अवसर पारेर फिल्म प्रदर्शनमा ल्याईने निर्माण युनिटले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिरहामा गोली चल्यो, दुई जना घाइते
-
त्रिविको परीक्षा प्रणालीमा ढिलासुस्ती, साउन १५ भित्र नतिजा सार्वजनिक गर्न माग
-
नवजात शिशुको हत्या आरोपमा दोषी ठहरिएकी महिला निर्दोष
-
बागमती प्रदेशका मन्त्रीहरूको कार्य विभाजन : कसले कुन मन्त्रालय पाए ? (सूचीसहित)
-
बागमतीमा ‘हेलो सीएम’ डेक्स, जनताका गुनासो तत्काल सुनुवाइ हुने
-
घरपालुवा जनावरको मन बुझ्न ट्यारो कार्डको सहारा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण