म्यानको अध्यक्षमा राष्ट्रिय वाणिज्य बैंकका सिइओ श्रेष्ठ निर्वाचित
काठमाडौं । नेपाल व्यवस्थापन संघ (म्यान) को अध्यक्षमा राष्ट्रिय बाणिज्य बैंकका कार्यकारी प्रमुख(सिईओ) किरणकुमार श्रेष्ठ निर्वाचित भएका छन् । संघको ३९औं वार्षिक साधारणसभाले श्रेष्ठलाई नयाँ अध्यक्षमा निर्वाचित गरेको हो । श्रेष्ठसँगै संघको उपाध्यक्षमा मिश्र र पोखरेल निर्वाचित भएका छन् ।
म्यानको नयाँ कार्यसमितिमा प्रथम उपाध्यक्षमा राष्ट्र बैंकका कार्यकारी निर्देशक बमबहादुर मिश्र र द्धितिय उपाध्यक्षमा आईएमईका कार्यकारी निर्देशक सुमन पोखरेल निर्वाचित भएको संघका सस्थापक सदस्य तथा मिराकल इन्पेक्सका सिईओ केदार राजभण्डारीले रातोपाटीलाई जानकारी दिए ।
मिश्र संस्थागत सदस्यबाट उपाध्यक्ष निर्वाचित भएका हुन् भने पोखरेल ब्यक्तिगत तर्फबाट संघको सदस्यमा निर्वाचित भएका हुन् । संघको महासचिवमा भने कृषि विकास बैंकका धर्मानन्द अवस्थी निर्वाचित भएका छन् । त्यस्तै, कोषाध्यक्षमा अनु श्रेष्ठ जोशी निर्वाचित भएकी छिन् ।
अध्यक्षमा निर्वाचित श्रेष्ठलाई यसै वर्षको म्यानले आफ्नो ३९औं वार्षिक उत्सवका अवसरमा उत्कृष्ट व्यवस्थापकको रुपमा सम्मान गरेको थियो । गत २४ गते वार्षिक उत्सव तथा साधारणसभा गरेको संघले ढिला गरेर २७ गते (आज) मात्र संघको नयाँ कार्यसमिति चयन गरेको हो ।
११ जना व्यक्तिगतबाट सदस्य छान्ने म्यानको ब्यवस्थामा ६ जना संस्थागतबाट छानिएसँगै एकजना निवर्तमान अध्यक्ष सदस्य रहने र अर्का एक जना सरकारले मनोनित गरेर पठाउने व्यवस्था छ । यसअघि राष्ट्रिय योजना आयोगका सदस्य सुशील भट्ट संघको अध्यक्ष थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चक्रपथको कलंकी–बसुन्धारा खण्ड निर्माण दसैँ–तिहारपछि (तस्बिर)
-
उपचाररत कलाकार कोपिला थापालाई बोर्ड सदस्य लोहनीको आर्थिक सहयोग
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
-
पुष्पलालको राष्ट्रिय स्वाधीनतासम्बन्धी दृष्टि र आजको सन्दर्भ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण