किर्ते गरेर मसानघाटको जग्गा प्लटिङ
बाराको उत्तरी क्षेत्रमा राष्ट्रिय प्राथमिकताका आयोजनाहरु धेरै छन् । ठूला आयोजना भएकैले नजिकैका जग्गाको मूल्य पनि आकाशिएको छ भने यससँगै भूमाफियाहरुको चलखेल पनि उत्तिकै बढेको छ ।
कतिसम्म भने भूमाफियाको एक गिरोहले मसानघाट समेत बाँकी राखेन । उनीहरुले किर्ते गरी मसानघाटको जग्गा प्लटिङ गरेको पाइएको छ ।
आयोजनासँगै बारा भित्रिएका भूमाफियाले फिल्डबुकमा स्पष्ट मसानघाट लेखिएको सार्वजनिक जग्गासमेत किर्ते गरेर बेचबिखन गरेको खुलासा भएको छ । बाराको जितपुरसिमरा वडा नम्बर ४ मा रहेको ५९ नम्बर किताको ६ बिघा ८ कठ्ठा मसानघाट प्रोपर्टी म्यानेजमेन्ट प्रालिले कित्ताकाट गरी बेचेको हो ।
मसानघाट भनी उल्लेख भएको कित्ता नं ५९ को ६ बिघा ८ कठ्ठा जग्गा २०४७ साउन ३० गते नेपाल सरकारले ऐलानी श्रेस्ता बदर गरी भूमाफियाको उक्त कम्पनीले किर्ते गरेर प्लटिङ गरी बेचेको पाइएको हो । यो समाचार आजको कारोबार दैनिकमा प्रकाश लम्सालले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संविधान संशोधन गर्दा मूल संरचनालाई कुनै पनि हालतमा खण्डित गर्न हुँदैन : रेग्मी
-
क्युबाका राष्ट्रपतिमाथि अमेरिकाले लगायो प्रतिबन्ध
-
१० वर्षमा ३० हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य असम्भव छैन : डाँगी
-
राष्ट्रियसभा अध्यक्षलाई उपराष्ट्रपतिको जिम्मेवारी दिन सुझाव
-
‘निजी क्षेत्र नभएको भए देशले अझै २१ घण्टा लोडसेडिङ भोग्नुपर्थ्यो’
-
निर्वाचन आयोगमा ५ जना आयुक्त घटाएर ३ जना राख्न सुझाव
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण