‘मानवीय त्रुटिले ९० प्रतिशत दुर्घटना’
सिरहा । प्रदेश नं. २ का ट्राफिक प्रहरी प्रमुख एसपी श्याम महतोले ९० प्रतिशत दुर्घटना असावधानीका कारण हुने गरेको बताएका छन् ।
सिरहाको गोलबजारमा मंगलबजार आयोजित दुर्घटना न्यूनीकरणसम्बन्धी ट्राफिक जनचेतना कार्यक्रममा एसपी महतोले चालकले सावधानी अपनाउन सके धेरै दुर्घटना न्यूनीकरण गर्न सकिने बताए । गत वर्षको तुलनामा यसवर्ष सिरहामा सवारी दुर्घटनाका घटना १५ प्रतिशतले बढेको सो अवसरमा एसपी महतोल बताए ।
सिरहामा यस वर्षको असार देखि अहिलेसम्म सवारी दुर्घटनामा ९६ जनाको मृत्यु भएको छ भने ३ जना ३० जना घाइते भएका छन् । जसमध्ये ८८ प्रतिशत दुर्घटना मानवीय त्रुटिको कारण भएको बताइएको छ ।
एसपी महतोले दुर्घटनाको मुख्य कारण मानवीय त्रुटि भएकोले सचेतनाको जरुरी भएको बताए । उनले भने, ‘सवारी दुर्घटना विभिन्न कारणले हुन सक्छ’, तर मुख्य कारण चालककै लापरवाहीले भएको हुँदा चालक नै सचेत हुनु जरुरी छ ।’
बढी दुर्घटना राजमार्ग र ग्रामीण भेगमा हुने गरेको र त्यसमध्ये पनि मोटरसाइकलका दुर्घटना बढी हुने गरेको जनाइएको छ ।
प्रदेश नं. २ मा सवारीको चाप, सडक सञ्जालको आधारमा ट्राफिक प्रहरी पनि कम रहेको उनले बताए । यस प्रदेशमा ३ सय ९८ जना मात्र ट्राफिक प्रहरी रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चक्रपथको कलंकी–बसुन्धारा खण्ड निर्माण दसैँ–तिहारपछि (तस्बिर)
-
उपचाररत कलाकार कोपिला थापालाई बोर्ड सदस्य लोहनीको आर्थिक सहयोग
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
-
पुष्पलालको राष्ट्रिय स्वाधीनतासम्बन्धी दृष्टि र आजको सन्दर्भ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण