राजर्षि जनक विश्वविद्यालयमा विद्यार्थीद्वारा तालाबन्दी
बुधबार, २९ माघ २०७६, १२ : ०१
जनकपुर । जनकपुरस्थित राजर्षि जनक विश्वविद्यालयमा विद्यार्थीहरुले तालाबन्दी गरेका छन् ।
नेवि संघ धनुषाको नेतृत्वमा बुधबार विद्यार्थीहरुले विश्वविद्यालयको भिसी कार्यालय र डिनको कार्यालयमा तालाबन्दी गरेका हुन् ।
राजर्षि जनक विश्वविद्यालयले विद्यार्थी भर्ना प्रक्रियामा अनियमितता गरेकाे विद्यार्थीहरुको आरोप छ ।
नेविसंघ धनुषाका अध्यक्ष सुजित मिश्रले छात्रवृत्तिमा र विद्यार्थी भर्ना प्रक्रियामा अनियमितता र आर्थिक चलखेल गरेकाले त्यसलाई सच्याउन दवाव दिन आन्दोलित हुनु परेकाे बताए ।
यता डिन जुगेश्वर साहले विद्यार्थीहरुले तालाबन्दी गरेकाे भएपनि के कारणले गरेको भन्ने बारे जानकारी नभएको बताए । उनले भने– विद्यार्थीहरुको के माग छ, स्पष्टरुपमा आउनु पर्यो र त्यसपछि मागबारे छलफल गर्न सकिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सम्झौताका लागि इरानले भिख मागिरहेको छ : मार्को रुबियो
-
पुरुष काभा भलिबल च्याम्पियनसिपमा नेपाल श्रीलङ्कासँग पराजित
-
पूर्ववरिष्ठ उपरीक्षक साह नै ठगीमा परेपछि...
-
नबिल बैंक विश्वस्तरमा प्रतिष्ठित तीन वटा अवार्डबाट सम्मानित
-
इप्पानका प्रतिनिधि र भारतीय राजदूतबिच भेटघाट
-
एसियन गेम्स क्रिकेटमा नेपाल, अफगानिस्तान र जापान एउटै समूहमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण