शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

राजर्षि जनक विश्वविद्यालयमा विद्यार्थीद्वारा तालाबन्दी

बुधबार, २९ माघ २०७६, १२ : ०१
बुधबार, २९ माघ २०७६

जनकपुर । जनकपुरस्थित राजर्षि जनक विश्वविद्यालयमा विद्यार्थीहरुले तालाबन्दी गरेका छन् ।

नेवि संघ धनुषाको नेतृत्वमा बुधबार विद्यार्थीहरुले विश्वविद्यालयको भिसी कार्यालय र डिनको कार्यालयमा तालाबन्दी गरेका हुन् ।

राजर्षि जनक विश्वविद्यालयले विद्यार्थी भर्ना प्रक्रियामा अनियमितता गरेकाे विद्यार्थीहरुको आरोप छ । 

नेविसंघ धनुषाका अध्यक्ष सुजित मिश्रले छात्रवृत्तिमा र विद्यार्थी भर्ना प्रक्रियामा अनियमितता र आर्थिक चलखेल गरेकाले त्यसलाई सच्याउन दवाव दिन आन्दोलित हुनु परेकाे बताए ।

यता डिन जुगेश्वर साहले विद्यार्थीहरुले तालाबन्दी गरेकाे भएपनि के कारणले गरेको भन्ने बारे जानकारी नभएको बताए । उनले भने– विद्यार्थीहरुको के माग छ, स्पष्टरुपमा आउनु पर्यो र त्यसपछि मागबारे छलफल गर्न सकिन्छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप