शनिबार, २९ वैशाख २०८१
ताजा लोकप्रिय

हाउडी मोदीको जवाफमा भारतमा ‘केम छो ट्रम्प’कार्यक्रम :  यस्तो छ तयारी

बिहीबार, ०१ फागुन २०७६, १५ : ००
बिहीबार, ०१ फागुन २०७६

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प आफ्नो पत्नी मेलानिया ट्रम्पसँग भारत यात्रामा निस्कँदैछन् । भारतमा अहिले ट्रम्पको भ्रमणको लागि जोडतोडसँग तयारी चलिरहेको छ । 

ट्रम्प २४–२५ फेब्रुअरीमा भारत हुनेछन् । यो दुई दिने भ्रमणका क्रममा ट्रम्प दिल्ली र अहमादाबाद पुग्नेछन् । 

केही समय अघि भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई अमेरिकामा जुन प्रकारले सम्मान व्यक्त गरिएको थियो, त्यसैगरी ट्रम्पको स्वागतको तयारी चलिरहेको छ ।  

अहिले अहमदाबादमा ह्युस्टनमा सम्पन्न ‘हाउडी मोदी’कै शैलीमा ‘केम छो ट्रम्प’ कार्यक्रमको तयारी चलिरहेको छ । 

गुजराती पदावली ‘केम छो ट्रम्प’को अर्थ ‘तपाईलाई कस्तो छ ?’ भन्ने हुन्छ । 

प्राप्त जानकारीका अनुसार यो कार्यक्रममार्फत अमेरिकी राष्ट्रपति भारतको जनतालाई सम्बोधन गर्नेछन् । कार्यक्रममा ट्रम्पसँग प्रधानमन्त्री मोदी पनि उपस्थित हुनेछन् ।

ट्रम्पको स्वागतका लागि विशेष तयारी

अघिल्लो वर्ष सेम्टेम्बरमा भारतीय प्रधानमन्त्री मोदी र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्युस्टनमा लगभग ५० हजार अमेरिकी र भारतीय मुलका मानिसलाई संयुक्त सम्बोधन गरेका थिए । 
अहमदाबादमा पनि उत्तिकै संख्यामा मानिस उपस्थित गराउने योजना छ । 

मिडिया रिपोर्ट अनुसार ट्रम्प र मोदीले अहमदाबादको मोटेरा क्षेत्रमा हालै निर्माण भएको सरदार बल्लभ भाई पटेल क्रिकेट रंगशालाको उद्घाटन पनि गर्नेछन् । 

स्रोतका अनुसार यो रंगशालाको दर्शक क्षमता १ लाख १० हजार छ जुन अष्ट्रेलियाकामा रहेको विशाल क्रिकेट रंगशालाभन्दा पनि ठूलो हो । 

अहमदाबादमा ट्रम्पको लागि विशाल ‘रोड शो’ कार्यक्रम पनि तय गरिएको छ । उनी साबरमती आश्रम पनि जानेछन् । साबरमती आश्रम महात्मा गान्धी बसोबास गरेको र भारतको स्वतन्त्रता संग्रामको केन्द्र हो ।   
प्राप्त जानकारीका अनुसार ‘रोड शो’ अहमदाबाद एयरपोर्टबाट साबरमती आश्रमसम्म हुनेछ र यसको लागि १० किमी लामो बाटोलाई सजाइएको छ । 

समाजिक संजालमा मानिसहरु ‘केम छो ट्रम्प’ ह्यासट्याग राखेर ट्रम्पको यात्राको लागि भइरहेको तयारीको तस्विर तथा भिडियो शेयर गरिरहेका छन् । 

बीबीसी गुजराती संवाददाता तेजस वैद्यले साबरमती आश्रम र मोटेरा रंगशालामा झण्डै १० हजार प्रहरी तैनाथ गरिने तयारी रहेको बताए । तिनको अतिरिक्त दमकल विभागका अधिकारी पनि सो स्थानमा तैनाथ रहनेछन् । 

यति मात्र होइन, ट्रम्पको अहमदाबाद पुग्नुभन्दा दुई दिन पहिले नै मोटेरा रंगशालामा सशस्त्र सुरक्षाबलको तनाथी गरिनेछ । यो सुरक्षाबल २४ घण्टा सक्रिय रहन्छ । 

त्यस्तै ट्रम्पको भ्रमणलाई ख्यालमा राखेर मोटेरा रंगशाला र साबरमती आश्रमको छेउछाउ झण्डै १६ वटा सडक पुनरनिर्माण गरिँदैछ । 

त्यस्तै सहरका स्कूल र कलजेमा पढ्ने विद्यार्थीलाई मोटेरा रंगशालामा हुने कार्यक्रममा भाग लिन बोलाइँदैछ । 

अमेरिकामा राष्ट्रपतीय चुनाव नजिकिँदै गर्दा हुन लागेको डोनाल्ड ट्रम्पको भ्रमण निकै महत्वपूर्ण मानिएको छ । 

केही विश्लेषकको विश्वासमा ट्रम्पको भारत भ्रमण उनको चुनावी अभियानको एक हिस्सा हो । अमेरिकामा गुजराती मुलका र भारतीय मुलका अमेरिकीको महत्त्वपूर्ण हिस्सा छ । 

ट्रम्पले यो भ्रमणमार्फत ती मतदातालाई प्रभावित बनाउन लागेको विश्वास गरिएको छ । 

राष्ट्रपति ट्रम्पको उनको चार वर्षे कालकालको अन्तिम वर्षमा भारत आउदैंछन् । 

केही विश्लेषकले ट्रम्पको भ्रमणको समयमा दुई देशबीच कुनै महत्वपूर्ण व्यापार सम्झौता हुन सक्ने बताए । 

भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच यो साता फोनमा कुराकानी भएको थियो । फोन वार्तामा दुई नेताले ट्रम्पको भारत भ्रमण र भारत–अमेरिकाको रणनीति साझोदारीसम्बन्धमा कुरा गरिएको चर्चा छ । 

दुई नेताले यो आशा व्यक्त गरेका थिए कि यो यात्राबाट अमेरिका र भारतीय नागरिकबीचको सम्बन्ध थप मजबूद हुनेछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप