नेपाल विद्युत प्राधिकरणका सहायक प्रबन्धक घुससहित पक्राउ
शुक्रबार, ०२ फागुन २०७६, २२ : ०१
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल विद्युत् प्राधिकरण सिन्धुली वितरण केन्द्रमा कार्यरत सहायक प्रबन्धक शेरबहादुर सुनारलाई घुससहित पक्राउ गरेको छ ।
निजले कार्यालय भवनको तला थप गर्ने कार्य सम्पन्न भइसकेपछि अन्तिम बिल भुक्तानीका क्रममा सेवाग्राहीसँग रु ७५ हजार घुस लिएको आयोगले आरोप लगाएको छ ।
प्रबन्धक सुनारले उक्त घुस रकम कार्यालयका सवारी चालक टेकबहादुर खड्कालाई लिन पठाएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।
निज खड्कालाई पिछा गर्दै जाँदा कमलामाई नगरपालिका–७ गैरीचोकबाट रङ्गेहाते र सहायक प्रबन्धकलाई कार्यालय नजिकैबाट नियन्त्रणमा लिइएको आयोगले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रुसी जोखिमबिच युक्रेनले सीमा बलियो बनाउँदै
-
अनशनरत डा. गोविन्द केसी सेती प्रादेशिक अस्पताल भर्ना, आईसीयूमा राखेर उपचार सुरु
-
पत्रकार किलम्बूलाई ‘हरिलाल–श्रीलक्ष्मी स्मृति पत्रकारिता पुरस्कार’
-
अवरुद्ध कालीगण्डकी करिडोर सञ्चालन
-
प्रिमियर लिगमा चम्किन तयार १० युवा प्रतिभा
-
डा. गोविन्द केसीको स्वास्थ्यमा समस्या, अनशन स्थलमा स्थानीयको प्रदर्शन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण