सलमान खानलाई भेट्न साइकलमा ६ सय किलोमिटर यात्रा
यसपटक फिल्म फेयर मुम्बईमा नभई असमको राजधानी गुवाहाटीमा सुरु हुने भएको छ । १५ र १६ फेब्रुअरीमा हुने कार्यक्रममा बिजेतको नामको घोषणा पहिले नै भइसकेको छ । यहाँ बलिउडका विभिन्न हस्तीसहित सलमान खान पनि पुग्नेछन् । यसै आशामा सलमान खानका ५२ वर्षे प्रशंसक ६ सय किलोमिटर साइकल चलाएर उनलाई भेट्न गुवाहाटी पुगेका छन् ।
तिनसुकिया जिल्लामा बस्ने भूपेन लिक्सनले ८ फेब्रुअरीमा आफ्नो साइकल यात्रा सुरु गरेका थिए । ६ दिनपछि १३ फेब्रुअरीमा गुवाहाटी पुगे । उनले आफूसँग सलमानको एउटा तस्बिर पनि बोकेका छन् ।
Assam: Bhupen Likson, a cyclist from Tinsukia reached Guwahati yesterday after cycling a distance of over 600 kms, to meet Salman Khan. He says,"I started this journey on Feb 8 from Jagun (Tinsukia) on a cycle to meet Salman Khan who will be in Guwahati to attend Filmfare Awards" pic.twitter.com/td28ojdXIS
— ANI (@ANI) February 14, 2020
इन्डिया बुक अफ रेकर्डमा आफ्नो नाम दर्ता गरिसकेका छन्ः
सन् २०१३ मा भूपेनले साइकलको ह्यान्डल नसमातिकनै एक घण्टामा ४८ किलोमिटरको यात्रा गरेका थिए । उनको यो रेकर्ड इन्डिया बुक अफ रेकर्डमा दर्ता छ । सलमान खानलाई पनि साइक्लिङ निकै मन पर्छ उनलाई मुम्बईमा थुप्रै पटक साइकल चलाइरहेको देखिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘रैथाने उत्पादन संरक्षण गर्न भौगोलिक सङ्केतसम्बन्धी कानुन तर्जुमा गरिने’
-
औषधिको मूल्य समायोजन प्रक्रिया अघि बढाउँदै सरकार
-
ठमेलमा पर्यटकलाई दुःख दिने र प्रहरीमाथि अभद्र व्यवहार गर्ने २३ जना पक्राउ
-
नेपाल–दक्षिण कोरिया शिक्षा सहकार्य विस्तारबारे शिक्षामन्त्री र राजदूतबिच छलफल
-
यसरी सम्भव छ बाह्रैमास पर्यटन
-
जर्मन फरवार्ड करिम अदेयेमी बार्सिलोनामा अनुबन्ध, २२ मिलियन युरोको सम्झौता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण