नेहा र आदित्यको विहेको भिडियो भाइरल, आदित्यले दिए यस्तो जवाफ
गायक आदित्य नारायण झा र गायिका नेहा कक्कडको विवाहको भिडियो भाइरल भइरहेको छ । इन्डियन आइडलको सेटबाट सुरु भएको उनीहरुको विवाहको चर्चाले धेरैलाई दोधारमा पारिदिएको छ । उनीहरुले इन्डियन आइडलको सेटमा फेब्रअरी १४ मा विवाह समेत गरेको बाहिरिएको छ ।
तर, केही दिन अघि मात्रै आदित्यका पिता उदित नारायण झाले उनीहरुको विवाहको बारेमा बोलेका थिए । उनले नेहा कक्कड र आदित्यको विवाहको अफवाह टिआरपीका लागि उडाइएको हो । र उनीहरु उक्त शोमा नेहा निर्णायक हुन् भने आदित्य उद्घोषक भएको बताएका थिए ।
यसैबीच, चौतर्फी यसको बारेमा चर्चा हुन थालेपछि पहिलोपटक आदित्यले वास्तविकताको बारेमा खुलाएका छन् ।
आदित्यले आईबी टाइम्सलाई अन्तरवार्ता दिँदै भनेका छन्, ‘यदि मैले मेरो जिन्दगीको बारेमा यति ठूलो फैसला गरेँ भने त्यसको घोषणा म आफैँ नै गर्छुँ । विवाह मेरो लागि निकै ठूलो निर्णय हो । म किन लुकाउँछु र ? हो, नेहा र मेरो विवाहको कुरा हाँसीमजाकमा सुरु भएको थियो र सबैले त्यसलाई गम्भीर रुपमा लिनुभयो ।’
उनले सामाजिक सञ्जालमा भाइरल बनाइएको र मिडियामा जे जति कुरा आएपनि कसैले उनीसँग वास्तविकताको बारेमा जान्न नचाहेको समेत उल्लेख गरेका छन् । उनले रियालिटी शोको टिआरपीका लागि सबै गरिएको समेत जिकिर गरे । साथै, उनले शो मेकर्सले जे गर्न आग्रह गरे उनीहरुले त्यसै गरेको समेत बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
करेला खाएपछि खानु हुँदैन यी खानेकुरा
-
एक महिनासम्म गहुँको रोटी नखाँदा शरीरमा आउँछ यस्ता परिवर्तन
-
नेपाल पत्रकार महासंघ युकेको स्थापना दिवसमा को-काे हुँदैछन् सम्मानित ?
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी ६ प्रदेशमा भारी वर्षाको सम्भावना
-
सुदूरपश्चिममा कृषिका ठुला योजना निरन्तर अलपत्र, कार्यान्वयन नहुँदै फेरि बजेट विनियोजन
-
कञ्चनपुर पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण