नेहा र आदित्यको विहेको भिडियो भाइरल, आदित्यले दिए यस्तो जवाफ
गायक आदित्य नारायण झा र गायिका नेहा कक्कडको विवाहको भिडियो भाइरल भइरहेको छ । इन्डियन आइडलको सेटबाट सुरु भएको उनीहरुको विवाहको चर्चाले धेरैलाई दोधारमा पारिदिएको छ । उनीहरुले इन्डियन आइडलको सेटमा फेब्रअरी १४ मा विवाह समेत गरेको बाहिरिएको छ ।
तर, केही दिन अघि मात्रै आदित्यका पिता उदित नारायण झाले उनीहरुको विवाहको बारेमा बोलेका थिए । उनले नेहा कक्कड र आदित्यको विवाहको अफवाह टिआरपीका लागि उडाइएको हो । र उनीहरु उक्त शोमा नेहा निर्णायक हुन् भने आदित्य उद्घोषक भएको बताएका थिए ।
यसैबीच, चौतर्फी यसको बारेमा चर्चा हुन थालेपछि पहिलोपटक आदित्यले वास्तविकताको बारेमा खुलाएका छन् ।
आदित्यले आईबी टाइम्सलाई अन्तरवार्ता दिँदै भनेका छन्, ‘यदि मैले मेरो जिन्दगीको बारेमा यति ठूलो फैसला गरेँ भने त्यसको घोषणा म आफैँ नै गर्छुँ । विवाह मेरो लागि निकै ठूलो निर्णय हो । म किन लुकाउँछु र ? हो, नेहा र मेरो विवाहको कुरा हाँसीमजाकमा सुरु भएको थियो र सबैले त्यसलाई गम्भीर रुपमा लिनुभयो ।’
उनले सामाजिक सञ्जालमा भाइरल बनाइएको र मिडियामा जे जति कुरा आएपनि कसैले उनीसँग वास्तविकताको बारेमा जान्न नचाहेको समेत उल्लेख गरेका छन् । उनले रियालिटी शोको टिआरपीका लागि सबै गरिएको समेत जिकिर गरे । साथै, उनले शो मेकर्सले जे गर्न आग्रह गरे उनीहरुले त्यसै गरेको समेत बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भङ्गहा–जनकपुर–जयनगर रेल्वे सेवा तीन दिन बन्द हुने
-
सफा हिमाल अभियान : सेनाले दुई शव र आठ हजार किलो फोहर उठायो
-
स्वास्थ्य क्षेत्रको जनशक्ति व्यवस्थापनमा सरकारको उपेक्षा
-
गीत विवादमा प्रकाश दुतराज : विकृति–विसङ्गति केलाउन खोजेको हो
-
एमालेले भन्यो– कांग्रेसले मात्तिएर अलोकतान्त्रिक संसदीय अराजकता मच्चायो
-
सरकारले एक करोड ३० लाख युरो स्वीकार गर्ने