२९ वर्ष पहिले सलमानले नायिकालाई चुम्बन नगर्ने कसम खाए, कारण चकित पारिदिने
आज सलमान खानको बलिउड यात्राले २९ वर्ष पार गरेको छ । यी २९ वर्षमा सलमानले एक्सनका साथै रोमान्टिक दृश्यमा समेत नयाँ आयाम स्थापित गर्न सफल भएका छन् । हरेक नायिका आज सलमान खानकी नायिका बन्न चाहन्छन् । आज सलमान खानबारे हामी यस्तो गोप्य कुरा बताउँदैछौं जसबारे सायद तपाईंले कहिले याद गर्नुभएको छैन ।
फिल्ममा आजकाल किस र इन्टिमेट दृश्य गर्नु हरेक स्क्रिप्टको माग हुने गरेको छ । तर सायद सलमान खान यसको अपवाद बनिसकेका छन् जो आफ्नी नायिकालाई चुम्बन गर्दैनन् तरपनि उनको फिल्मले अत्यधिक कमाई गर्ने गरेको छ । बलिउडमा सलमान खान एक्ला नायक हुन् जसले फिल्ममा रोमान्स गर्छन् तर नायिकालाई कहिले चुम्बन गर्दैनन् ।
सलमानले जति बेलादेखि आफ्नो फिल्मी करियर सुरु गरे त्यतिबेला देखि नै यो नियमको पालना गर्दैै आएका छन् । यद्यपी, सलमानले आफ्नो पहिलो र एकमात्र लिपलक सुरज बडजात्याको फिल्म ‘मेने प्यार किया’ मा भाग्यश्रीसँग गरेका थिए ।
तर सलमानले उक्त दृश्यमा नायिकालाई छुँदा पनि छोएनन् । यस्तोमा लिपलक कसरी सम्भव भयो त्यसको पछाडि एक कहानी छ । सुरजले भाग्यश्री र सलमानलाई मनाउनका लागि निकै मेहनत गर्नुपरेको थियो । दुबै उक्त दृश्यका लागि कत्ति पनि तयार थिएनन् ।
यस्तो अवस्थामा सुरजले एक सिसाको गिलासलाई दुबै बिच राखिदिए जसका कारण उक्त दृश्यको सुटिङ हुन सक्यो । त्यसपछि सलमानले अहिलेसम्म कुनै पनि किसिङ सिन दिएका छैनन् । यसको ठूलो कारण उनको ‘नो किस क्लज’ हो । फिल्ममा आउनु अघि नै उनले नायिकालाई कहिले पनि चुम्बन नगर्ने निर्णय गरिसकेका थिए ।
सलमानका अनुसार उनको हरेक फिल्म उनकी आमा र घर परिवारले हेर्ने भएकाले यस्ता दृश्य कहिले पनि नदिने बताउने गरेका छन् ।
२९ वर्ष अघि आफूसँग गरेका प्रण सलमानले अहिलेसम्म पनि तोडेका छैनन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाथीभरा केवलकार निर्माणको काम अघि बढाउन माग गर्दै ताप्लेजुङमा सद्भाव र्याली
-
'आवश्यक परे बेलायत सरकारसँग दस्ताबेजहरूमा पहुँच स्थापित गर्नेछौँ'
-
सुदूरपश्चिम सरकारमा एमालेले बदल्दै मन्त्रीहरूको टोली, पठाइए नयाँ अनुहार
-
संघलाई प्रदेशको चुनौतीः पहिलेको अकर्मण्यता, अहिलेको सनक
-
निजामती कर्मचारी अस्पतालको सेवा अब प्रदेशस्तरमा पनि उपलब्ध
-
कम्बोडियामा ६६ नेपाली सम्पर्कविहीन (नामावलीसहित)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण