काँग्रेस नालायकको पार्टी भयो, अब नेकपासँग मात्रै आशा छः नेता नेपाल

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधव कुमार नेपाल प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसमाथि खनिएका छन् । उनले प्रमुख प्रतिपक्षी दल काँग्रेससमेत सबैरुपमा नालायक बनेकाले उसबाट विकास र समृद्धि सम्भव नभएको दावी गरे ।
मंगलबार नेकपा कर्णाली प्रदेशको अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै नेता नेपालले अब नेकपाबाट मात्रै विकास र समृद्धि सम्भव रहेकाे दावी गरे ।
प्रशिक्षणमा सहभागी प्रदेशका एक नेताका अनुसार नेता नेपालले भनेका थिए, ‘ नेपाली काँग्रेस भनेको सबैरुपमा नालायक पार्टी हो । यो पार्टीले केही गर्न सक्ने अवस्था छैन । अब आशा नेकपासँग मात्रै छ ।’
उनले कम्युनिष्टहरु देशभक्त र स्वाभिमानी हुनुपर्नेमा जोड दिँदै त्याग, तपस्या र बलिदान कम्युनिष्ट पार्टीले बिर्सन नहुने बताए ।
कम्युनिस्ट कमिटी प्रणालीमा चल्नुपर्ने र व्यक्ति केन्दीत हुन नुहुने पनि नेता नेपालले धारणा राखेका थिए ।
कतिपयमा नेताको प्रशंशा र वरिपरी घुमेर फाइदा लुट्ने चरित्र देखिएको भन्दै उनले त्यसले पार्टीको हित हुन नसक्ने धारणा समेत राखे । पार्टी र सरकारले जनताको पक्षमा काम गर्नुपर्नेमा जोड दिँदै नेता नेताले पार्टी विधि र पद्धतिमा चल्नुपर्ने समेत बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
कात्तिकको दोस्रो साता उपनिर्वाचन प्रस्ताव, आयोगले मिति घोषणा गर्ने
-
काठमाडौँबाट बाहिरिँदा १२ स्थानबाट बाढी–पहिरो र सडकको अवस्थाबारे जानकारी पाइने
-
दोस्रो सातामा ‘महाभोज’, धमाधम फिल्म हेर्दै कलाकर्मी
-
कोशी प्रदेशले बढायो मोटरसाइकलको वार्षिक कर
-
आगामी निर्वाचनमा एमालेको एकल बहुमत आउने गरी तयारीमा लागौँ : अध्यक्ष ढुङ्गेल
-
द्वन्द्वग्रस्त देशबाट नेपालीको उद्धार गर्न सरकार तयारी अवस्थामा छ : श्रममन्त्री भण्डारी