काँग्रेस नालायकको पार्टी भयो, अब नेकपासँग मात्रै आशा छः नेता नेपाल
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधव कुमार नेपाल प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसमाथि खनिएका छन् । उनले प्रमुख प्रतिपक्षी दल काँग्रेससमेत सबैरुपमा नालायक बनेकाले उसबाट विकास र समृद्धि सम्भव नभएको दावी गरे ।
मंगलबार नेकपा कर्णाली प्रदेशको अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै नेता नेपालले अब नेकपाबाट मात्रै विकास र समृद्धि सम्भव रहेकाे दावी गरे ।
प्रशिक्षणमा सहभागी प्रदेशका एक नेताका अनुसार नेता नेपालले भनेका थिए, ‘ नेपाली काँग्रेस भनेको सबैरुपमा नालायक पार्टी हो । यो पार्टीले केही गर्न सक्ने अवस्था छैन । अब आशा नेकपासँग मात्रै छ ।’
उनले कम्युनिष्टहरु देशभक्त र स्वाभिमानी हुनुपर्नेमा जोड दिँदै त्याग, तपस्या र बलिदान कम्युनिष्ट पार्टीले बिर्सन नहुने बताए ।
कम्युनिस्ट कमिटी प्रणालीमा चल्नुपर्ने र व्यक्ति केन्दीत हुन नुहुने पनि नेता नेपालले धारणा राखेका थिए ।
कतिपयमा नेताको प्रशंशा र वरिपरी घुमेर फाइदा लुट्ने चरित्र देखिएको भन्दै उनले त्यसले पार्टीको हित हुन नसक्ने धारणा समेत राखे । पार्टी र सरकारले जनताको पक्षमा काम गर्नुपर्नेमा जोड दिँदै नेता नेताले पार्टी विधि र पद्धतिमा चल्नुपर्ने समेत बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
हाकिमका घर जोगाउन सिंहदरबारको जग्गामा बाटो
-
बागमती नदीमा फसेका १४ जनाको सशस्त्र प्रहरीले गर्याे उद्धार
-
प्रहरीमाथि आक्रमणपछि गोली चल्यो, दुई भारतीय लागुऔषध कारोबारी पक्राउ
-
संस्कृति संरक्षणमा दरै समुदाय
-
रास्वपा महाधिवेशनमा रोचक दृश्यः रवि–बालेनको डमीदेखि मोही माग्नेको हारालुछ
-
अमेरिका–इरान वार्ता स्विट्जरल्याण्डमा सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
