अब पर्यटकलाई विमानस्थलमा ‘पर्यटन परी’ ले स्वागत गर्ने (फोटोफिचर / भिडियो सहित)
काठमाडौँ । त्रिभुवन विमानस्थलमा दुइवटा रोबोट जडान गरिएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल भ्रमण वर्ष २०२० को सचिवालय, नेपाल पर्यटन बोर्ड र नेपाल नागरिक उड्डयन प्राधिकरणको संयुक्त प्रयासमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रोबोट जडान गरिएको हो ।
मन्त्री योगेश भट्टराईले एक कार्यक्रमबीच बिहीबार बिहान रोबोट सेवाको उद्घाटन गरेका हुन् । सो अवसरमा बोल्दै मन्त्री भट्टराईले पर्यटन वर्षलाई लक्षित गरेर यो सेवा सुरु गरिएको बताए ।

पर्यटन परी नाम दिइएको उक्त रोबोटहरु त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन र प्रस्थान कक्ष गरी दुई स्थानमा रहनेछन् । उक्त रोबोटहरुले नेपाली अङ्ग्रेजी र चिनियाँ भाषामा संवाद गर्ने र पर्यटकलाई नेपालका पर्यटन गन्तव्य भिषा प्रक्रिया र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको संरचना लगायतको बारेमा जानकारी गराउने छन् ।
यसको मूल्य २० देखि २२ लाख रुपैयाँ पर्ने बताइएको छ ।
'




खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
ट्राफिक प्रहरीद्वारा एकै दिन साढे १० लाख राजस्व दाखिला
-
ट्रम्पद्वारा ‘रणनीतिक जित’ को दाबी, तर सम्झौताका सर्तबारे प्रश्नैप्रश्न
-
नेकपामा चुलियो असन्तुष्टि : प्रचण्ड–माधवले नेतृत्व गर्न सक्दैनन् !
-
पहिलो हाफमा ट्युनिसियाविरुद्ध स्विडेनको अग्रता
-
अधिक ज्येष्ठ कृष्ण आमावास्या : नबोली स्नान गरी मनाइयो सोमबारे औँसी
-
स्कटल्यान्डमा सेलरोटी बेचेर मन्दिरका लागि जुट्यो आर्थिक सहयोग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण