खोलामा डुबेर एकको मृत्यु
शुक्रबार, ०९ फागुन २०७६, १२ : ०१
खोलामा डुबेर इलाममा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा इलाम देउमाई नगरपालिका–८ का १८ वर्षीय नवीन अधिकारी रहेका छन् ।
इलाम नगरपालिका–९ स्थित गुनमुने भन्ने ठाउँमा रहेको माईखोला ड्याममा पौडी खेल्ने क्रममा बिहीबार अधिकारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।
खोलामा डुबेपछि अधिकारीका आफन्तले प्रहरी चौकी चिसापानीमा जानकारी गराएको थियो ।
त्यसपछि घटनास्थलमा पुगेको प्रहरी टोलीले शवलाई खोलाबाट निकालिएको थियो । साथीसँग हिँडेका अधिकारी कसरी डुबे भन्ने बारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय इलामका सूचना अधिकारी विजय राईले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सट्टाबाजीले स्पेनविरुद्ध फ्रान्सलाई दियो अग्रता
-
बझाङ जिप दुर्घटना : ३ जनाको मृत्यु, ५ जना गम्भीर घाइते
-
आदर्शका अग्निशिखा : बीपी, सुवर्ण, गणेशमान, कृष्णप्रसाद र गिरिजाबाबुबाट नयाँ पुस्ताले के सिक्ने ?
-
बझाङमा जिप दुर्घटना
-
भियतनाममा भारतीय पर्यटक सवार स्पिडबोट पल्टिँदा १५ जनाको मृत्यु
-
गोल मेसिनको भिडन्त : ह्यारी केन र अर्लिङ हालान्डमध्ये तपाईं कसलाई रोज्नुहुन्छ ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण