सडक सुरक्षामा नेपालले १ खर्ब खर्च गर्नुपर्ने
काठमाडौं । विश्व बैंकले नेपालको सडक सुरक्षाका लागि ८ सय ७९ मिलियन अमेरिकी डलर अर्थात् १ खर्ब रुपैयाँ बराबरको खर्च गर्नुपर्ने औल्याएको छ । बढ्दो सडक दुर्घटना र सुरक्षाको कारण देखाउँदै विश्व बैंकले दीर्घकालीन सडक सुरक्षाका लागि आउँदो एक दशकमा यस्तो खर्चको आवश्यकता रहेको देखाएको हो ।
गत बिहिबार स्टकहोममा जारी रोड सेफ्टी सम्बन्धी तेस्रो ग्लोबल मिनिस्टेरियल कन्फरेन्समा बैंकले यस्तो रिपोर्ट पेस गरेको हो । ‘रोड सेफ्टी ईन साउथ एशियाः अपरच्युनिटीज् फर सेयरड रिजनल इनएटिभिस्’ विषयगत कार्यक्रममा रिपोर्ट पेस गर्दै बैंकले नेपालमा मात्र नभएर दक्षिण एशियाली देशरुमानै सडक सुरक्षाका चुनौतीहरु बढ्दै गएको भन्दै यसतर्फ ध्यान दिनुपर्ने बताएको छ ।
बैंकको सडक सम्बन्धी रिपोर्टमा नेपालसहित दक्षिण एशियाली देशहरु भुटान, बंगलादेश र इण्डियासमेत उच्च जोखिमा रहेको देखाइएको छ । यी देशहरुमा सडक पूर्वाधारहरुमा कम लगानी, सडक सुरक्षा सम्बन्धी प्रणालीगत दीर्घ सडक सुरक्षा कार्यक्रम तथा सुरक्षण पहिचानमा लगानीको दीर्घकालीन अभावका कारण समस्या आइरहेको बैंकले बताएको छ । जसले गर्दा वर्षेनी लाखौं मानवहरुले ज्यान गुमाउने गरिरहेको बैंकको भनाई छ ।
नेपालको परिपेक्षमा मात्र नेपालमा २ हजारको दशकको शुरुवातदेखि नै सडक दुर्घटनाको घटना तीव्र रुपमा बढेर गएको र आर्थिक वर्ष २०१७–०१८ को तथ्याङ्कले प्रति एक लाख जनसंख्यामा सदर ८.५९ जनाको मृत्यु हुनेगरेको बैंकको रिपोर्टले देखाएको छ ।
त्यस्तै, दक्षिण एशियाली देशरुमा प्रजनन्का आधारमा प्रतिवर्ष ०.३ देखि ३ प्रतिशतले प्रतिकिलोमिटर सडकमा ज्यान गुमाउने गरेको उल्लेख गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यी ६ सहकारीलाई कार्यालय खाली गर्न महानगरको १५ दिने म्याद
-
कंगोमा विद्रोहीको आक्रमणमा ३० जनाभन्दा बढीको मृत्यु, इबोला नियन्त्रण अभियान प्रभावित
-
विपद्ले निम्त्याउँदैछ अर्बौंको क्षति, तर पूर्वतयारीमा सरकारको बेवास्ता
-
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति सदस्य स्वार्थ बाझिने बैठकमा सहभागी हुन नपाउने
-
एमालेको २ दिने कार्यशाला : ओलीले उद्घाटन गरे, शंकरले गर्दैछन् समापन
-
विराटनगरको फोहर व्यवस्थापन ठेक्कामा किचलो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण