कपिल शर्माले पुनः रद्द गरे अजय देवगनसँगको सुटिङः यसपटक मामला गम्भीर
‘द कपिल शर्मा शो’ को सुटिङ रद्द हुने क्रम जारी छ । लगातार जसो सेलिब्रिटीसँगको सुटिङ रद्द भइरहेको छ । अब यो सूचीमा ‘बादशाहो’ समूहको नाम पनि जोडिएको छ ।
वास्तवमा आइतबार ‘बादशाहो’ को स्टार कास्टसँग सुटिङ हुने कार्यक्रम तय भएको थियो । तर स्पटबोइ इ को खबर अनुसार कपिल शार्मा सेटमा पुगेनन् ।
फिल्मको पूरा समूहलाई साढे ११ बजे सुटिङका लागि बोलाइएको थियो । ईशा गुप्ता र इलियाना डिक्रुज ९ बजे पुगेका थिए । इमरान हाशमी साढे १० बजे पुगे भने अजय देवगन ११ बजे सेटमा पुगे । तर कपिल शर्मा भने पुगेनन् ।
निर्माता समूहले कपिललाई थुप्रै पटक फोन गरे तर उनको फोन स्विच अफ थियो । कपिलको समूहले पनि केही जवाफ दिन सकेनन् । कपिलको यस्तो व्यवहारले अजय निकै रिसाए र चारैजना कलाकार साढे ११ बजे सेटबाट फिर्ता भए ।
कपिललाई प्यानिक अट्याक भएका कारण कपिलको मोबाइल स्विच अफ भएको जानकारी कपिलको समूहले ती चार कलाकारलाई पछि जानकारी दिए ।
स्मरण रहोस्, आइतबार बिहान मात्र कपिलले मनोज तिवारीसँगको सुटिङ पनि रद्द गरेको खबर आएको थियो । यद्यपी, यसको कारण कपिलको खराब स्वास्थ्य नभई मुम्बईमा चलिरहेको कर्मचारीको हडतालका कारण सुटिङ रद्द भएको हो ।
पछिल्ला केही दिनदेखि कपिलको स्वास्थ्य खराब भइरहेको छ जसका कारण थुप्रै सेलिब्रिटीसँग सुटिङ रद्द गर्नुपरेको छ । यो सूचीमा जब ह्यारी मेट सेजलका लागि शाहरुख खान र अनुष्का शर्मा, मुबांरकाका लागि अर्जुन कपूर र अनिल कपूर र गेस्ट इन लण्डनका लागि परेश रावलको नाम समावेश छ ।
सुटिङ रद्द हुनुको कारण हड्ताल होस् वा स्वास्थ्य, तर यसले कपिलको छवीमा नराम्रो प्रभाव पारिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मोरङ बालिका मृत्यु प्रकरण : निष्पक्ष अनुसन्धान र कारबाही गर्न मन्त्री बादीको निर्देशन
-
वैदेशिक रोजगारीको लोभ देखाएर २१ लाख ठगी
-
‘मुम्बईका ब्याङ्क्सी’ टायलर : जसको सडक कला निट आन्दोलनको प्रतीक बन्यो
-
एसिया र युरोप घुमाउने लोभ देखाएर लाखौँ ठगी : भारतीय नागरिकसहित दुई जना पोखराबाट पक्राउ
-
झापामा डेङ्गु सङ्क्रमितको सङ्ख्या घट्दो
-
आइसिसी इमर्जिङ एसिया बैंकिङ अवार्डमा नबिल बैंकलाई ‘बेस्ट कमर्सियल बैंक’ सम्मान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण