बालुवाटारमा प्रधानमन्त्री ओलीको ‘जन्मदिन’
आइतबार, ११ फागुन २०७६, ११ : ०७
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारस्थित निवासमा जन्मदिन मनाएका छन् । यो प्रधानमन्त्री ओलीको ६९ औं जन्मदिन हो ।
प्रधानमन्त्री ओलीलाई शुभेच्छुकहरुले निवासमै पुगेर बधाई तथा शुभकामना दिएका छन् ।
प्रधानमन्त्री ओलीलाई जन्मदिनको अवसरमा उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेललगायत बालुवाटार पुगेर बधाई दिँदै सुस्वास्थ्य र दीर्घायुको कामना गरे ।
प्रधानमन्त्रीलाई जन्मदिनको शुभकामना दिन नेकपा संसदीय दलका उपनेता, सुवास नेम्वाङ, प्रमुख निर्वाचन आयुक्त दिनेश थपलिया, पूर्वगृहसचिव प्रेम राई, कांग्रेस नेतृ सीता गुरुङलगायत पुगेका थिए ।
प्रधानमन्त्रीको जन्मदिन मनाउन बालुवाटार पुगेका नेता तथा कार्यकर्ताले केक, मिठाई, फूलका माला र खादा लिएर गएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बैंगलुरुको कम्ब्याक : लगातार ६ खेल जित्दै प्लेअफमा, साबिक विजेता चेन्नई बाहिरियो
-
एमाले बाँकेको जिल्ला अधिवेशन : अध्यक्षमा तीन जनाको उम्मेदवारी
-
दाङमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु
-
नासाको ‘सुपरसोनिक एक्स–५९’ विमान पहिलो परीक्षण उडानको लागि तयार
-
पाकिस्तानमा सडक दुर्घटना, ३५ जनाको मृत्यु
-
डडेल्धुरामा परशुराम साहित्य महोत्सव आयोजना हुने