सुविसुले सुरु गर्यो १००जी अप्टिकल नेटवर्क
काठमाडौं– केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवा प्रदायक कम्पनी सुबिसु केबलनेटले नोकियाको सहकार्यमा १००जी अप्टिकल नेटवर्कको कार्य बिस्तार गरेको छ ।
समयको माग र ग्राहकको स्तरीय सन्तुष्टीको निम्ति सुबिसुले अत्याधुनिक सेवाको सुरुवात गरेको हो । यसबाट उपभोक्ताले आफ्नो व्याण्डवीथ १जीवीपीए सम्म विस्तार गर्न सक्नेछन् । यसको थालनीसँगै उपभोक्ताले हाई स्पिड इन्टरनेट र हाइ डेफिनिसन इन्टरनेट प्रोटोकलको सेवा लिन सक्नेछन् ।
नेपाल सरकारको ‘डिजिटल नेपाल’लाई लक्षित गर्दै सुरु गरिएको यस बिस्तारले सम्पूर्ण देशलाई नै सामाजिक एवं आर्थिक विकास तिर अग्रसर हुन टेवा पुर्याउने विश्वास लिइएको छ ।
देशको ११ वटा स्थानमा नोकियाको १८३० फोटोनिक सर्भिस स्विच, डेन्स वेभलेन्थ डिभिजन पल्टिप्लेक्सीङ तैनाथ गराइ सकिएको छ । यसबाट ग्राहकको बदलिदो मागलाई पुर्ती गर्नु सँगैसँगै सुविसुले १००जी सर्भिस प्रदान गर्न सक्नेछ ।
नोकियाका बिनिस बावाले यसबाट नेपालका ग्राहक एवं व्यवसाय सबैले फाइदा लिन सक्ने र नेपालको संचार प्रबिधिको क्षेत्रमा यो महत्वपूर्ण कदम रहेको बताएका छन् । आफ्ना ग्राहकलाई उच्च स्तरीय सेवा प्रदान गर्ने उद्देश्य लिएको सुविसुले यस कदमबाट सम्पूर्ण ग्राहक एवं व्यावसायले राम्रो प्रतिफूल प्राप्त गर्ने विश्वास लिइएको छ ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत विनय मोहन साउदले यसको थालनी सँगै ग्राहकको बदलिदो मागलाई सजिलै सँग पूरा गर्न सकिने र आगामी दिनहरुमा पनि सेवा विस्तारमा कुनै समस्या नआउने उल्लेख गराएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लागुऔषधसहित ४ जना पक्राउ
-
गर्मीबाट बच्न जापानी कम्पनीले ल्यायो मानव फ्रिज
-
ज्येष्ठ नागरिकको हेरचाह र अधिकारका लागि अलग्गै संरचना बनाउनुपर्छ : न्यायाधीश फुयाँल
-
‘मरुभूमिको जहाज’ जलवायु परिवर्तनको मारमा
-
फुटतर्फ उन्मुख हुँदै कांग्रेस, सकसमा सभापति थापा
-
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ८ किलो थाई गाँजासहित दुई भारतीय महिला पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण