रवीन्द्र अधिकारीको शालिक अनावरण (फोटोफिचर)
पोखरा । ताप्लेजुङको हेलिकप्टर दुर्घटनामा परी ज्यान गुमाएका तत्कालीन पर्यटन मन्त्री रवीन्द्र अधिकारीको शालिक अनावरण गरिएको छ । पोखरा १८ जामुनबोटमा बन्दै गरेको सहिद पार्कमा उनको शालिकको अनावरण गरिएको हो । अधिकारीको एक वर्षअघि फागुन १५ गते हेलिकप्टर दुर्घटनामा निधन भएको थियो ।
सहिद पार्कको पूर्वी भागमा ठडिएको पूर्ण कदको रंगीन शालिकको गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, आन्तरिक मामिला तथा योजनामन्त्री हरिबहादुर चुमान, उनकी धर्मपत्नी विद्या भट्टराई, पोखरा महानगरपालिकाका मेयर मानबहादुर जीसी लगायतले शालिकको अनावरण गरेका हुन् । अन्य सहभागीहरुले पनि शालिकमा माला अर्पण गरेका थिए ।
उनको शालिकको माथिपट्टी हेलिकप्टरको डमी पनि स्थापना गरिने छ । सुर्खेतका कलाकार तिलबिर सुनार सेन्चुरीले रवीन्द्रको मूर्ति तयार पारेका हुन् ।
६ महिना लगाएर उनले यो मूर्ति तयार पारेका थिए । सो अवसरमा कलाकार तिलबिरलाई प्रमाणपत्रसहित माला लगाएर सम्मान पनि गरिएको थियो ।
कार्यक्रममा सहभागी वक्ताहरुले रवीन्द्रले छोडेका सपनाहरुलाई पछ्याउने प्रतिबद्धता गरेका थिए । चोकका शालिकलाई पार्कमा राख्ने योजना अनुसार बनिरहेको सहिद पार्क आउँदो आर्थिक वर्षमा तयार पारिसक्ने पोखरा महानगरपालिकाका मेयर मानबहादुर जीसीले जानकारी दिए ।
रवीन्द्र सहित सहिद पार्कमा राष्ट्र एकिकरणका अभियन्ता पृथ्वीनारायण शाह र अन्य १८ सहिदका शालिक छन् । सहिद पार्कमा कफी सप र सेमिनार हल पनि थपेर पर्यटकीय गन्तव्य बनाउँन तर्फ महानगर लागि परेको मेयर जीसीले बताए ।
रवीन्द्र स्मृति प्रतिष्ठानद्वारा आयोजित प्रथम स्मृति दिवसमा प्रधानमन्त्री तथा नेकपाका अध्यक्षसमेत रहेका केपी शर्मा ओली पनि पोखरामा आउँदै छन् । पोखरा सभा गृहमा उनले सम्बोधन गर्ने कार्यक्रम छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जातीय विभेद अन्त्यको सन्देशसहित म्याग्दीमा रक्तदान कार्यक्रम
-
फिल्म निर्माता पहलाज निहलानीको निधन
-
कर्णालीका पूर्वमुख्यमन्त्री शर्माद्वारा संसद् अवरुद्ध
-
रोल्पा दुर्घटना अपडेट : मृतकहरूको पहिचान खुल्यो
-
पूर्वआयुक्त पाठकविरुद्धको भ्रष्टाचार मुद्दा ‘हेर्न नमिल्ने’मा
-
'राजासहितको प्रजातन्त्र'को नारासहित नयाँ पार्टी खोल्ने धवलशमशेरको घोषणा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण