मिश्रविरुद्ध बाँस्कोटाद्वारा अदालतमा मुद्दा दायर
काठमाडौँ । पूर्व सञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटाले काठमाडौँ जिल्ला अदालतमा न्याय माग गर्दै मुद्दा दायर गरेका छन् । शुक्रबार उनले आफूविरुद्ध झुठा लाञ्छना लगाइएको र गाली बेइज्जति भएको भन्दै आफ्ना प्रतिनिधिमार्फत मुद्दा दायर गरेका हुन् ।
उनले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा कमिशनको डिल भएको भनिएको ‘अडियो टेप’ सार्वजनिक गर्ने विजय मिश्रविरुद्ध मुद्दा दायर गरेका हुन् ।
मिश्रले नै गत साता बुधबार बाँस्कोटासँग वार्तालाप भएको अडियो टेप सार्वजनिक गरेका थिए । उक्त टेप सार्वजनिक भएको भोलिपल्टै अर्थात गत साता बिहीबार बाँस्कोटाले मन्त्री पदबाट राजीनामा दिएका थिए ।
बाँस्कोटा प्रधानमन्त्री केपी शर्मा ओलीका निकट मानिन्छन् । प्रधानमन्त्री ओली स्वयम्ले बिहीबार राजधानीमा आयोजित पार्टीको बागमती प्रदेशस्तरीय कार्यकर्ता प्रशिक्षण कार्यक्रममा सम्बोधन गर्दै बाँस्कोटाको बचाउ गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री शाहले नेपाल अर्ग्यानिक सङ्घका पदाधिकारीसँग छलफल गर्दै
-
रोड्री भित्र्याउन रियल र एजेन्टबिच गोप्य वार्ता
-
आजदेखि २४औँ सत्याग्रह सुरु गर्दै गोविन्द केसी
-
देशका प्रमुख नदीमा बहाव सामान्य, २८ जिल्लाका साना खोलामा बाढीको मध्यम जोखिम
-
फेवातालमा पर्यटक सुरक्षाका लागि विशेष जाँच, लागुऔषध सेवन गर्ने तीन डुङ्गा चालक नियन्त्रणमा
-
अमेरिकी तल्लो सदनबाट ११ खर्ब ५० अर्ब डलरको रक्षा विधेयक पारित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण