काँग्रेसद्वारा जग्गा दिने निर्णयको विरोध
नेपाली काँग्रेसबाट पोखरा महानगरपालिमामा निर्वाचित विभिन्न ११ वडाध्यक्षले महानगरपालिका– २७ रहेको भवन र त्यहाँस्थित ३७ रोपनी जग्गा काठमाडौँ इन्स्टिच्युट अफ चाइल्ड हेल्थ भन्ने संस्थालाई दिने निर्णयप्रति विरोध जनाएका छन् ।
महानगरपालिकाको कार्यपालिकाको ३६ औँ बैठकले सो निर्णय गरेकोमा उनीहरुले घोर आपत्ति प्रकट गर्दै निर्णय सच्याउन माग समेत गरेका छन् ।
वडाध्यक्षका तर्फबाट दलका नेता तथा सचेतक रामराज लामिछानेले शुक्रबार यहाँ विज्ञप्ति जारी गर्दै कार्यपालिका बैठकले सो निर्णय गरी फागुन ११ मा सम्झौता समेत गरेको भन्दै उक्त निर्णयप्रति आफूहरूको ध्यान गम्भीररुपमा आकृष्ट भएको उल्लेख गरेका छन् ।
विज्ञप्तिमा महानगरपालिका प्रमुख मानबहादुर जिसीले बैठकमा उक्त कार्ययोजना प्रस्तुत गरेपछि तत्काल वडा नं २७ का वडाध्यक्ष तथा कार्यपालिका सदस्य पूर्णकुमार गुरुङले उठेर लेखनाथवासीलाई नसोधी निर्णय गर्नु नहुने भनेको भनिएको छ । प्रमुख जिसीले लेखनाथवासीसँग छलफल गरेर निर्णय गर्ने भनिसकेको अवस्थामा कसरी भवन तथा जग्गा दिने निर्णय भयो त्यो बुझ्न नसकिएको विज्ञप्तिमा उल्लेख छ ।
सर्वसम्मत निर्णय नभएको भन्दै विज्ञप्तिमा सो निर्णय तत्काल सच्याई लेखनाथवासीको भावनाको अपनत्व गराउन माग गरिएको छ ।
उक्त निर्णयको विरोध गर्दै साविक लेखनाथ नगरपालिकाका पूर्वजनप्रतिनिधि राजेन्द्रमणि लामिछाने, दीननाथ ढकाल, ढकनाथ कँडेल, गोपालमान गुरुङलगायतले महानगर प्रमुखलाई ध्यानाकर्षण समेत गराएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विचारधारा : यो के हो, किन आवश्यक छ?
-
सुदूरपश्चिमको बजेट : सत्ता साझेदारकै असन्तुष्टिले संसद्मा पुग्न सकेन, विकासको एजेन्डा ओझेलमा
-
रुपन्देहीका किसान बोरिङ र पम्पसेटको भरमा धान रोप्न बाध्य
-
काम नगर्ने चार निर्माण व्यवसायीसँगको ठेक्का सम्झौता रद्द
-
रोमाञ्चक पहिलो हाफमा इंग्ल्याण्डलाई अग्रता
-
मेक्सिकोले एक गोल फर्कायो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण