स्वास्थ्य संस्थामा सुत्केरी गराउने बढ्दै
जिल्लामा रहेका ५२ स्वास्थ्य संस्थाले ‘बर्थिङ सेन्टर’सञ्चालनमा ल्याएपछि सुत्केरी गराउनेको सङ्ख्या बढ्दै गएको छ । जिल्ला स्वास्थ्य कार्यालयले स्वास्थ्य संस्थामा सुत्केरी गराउनेको सङ्ख्या ७३ प्रतिशतले वृद्धि भएको जनाएको छ । यो संगै मातृ तथा शिशु मृत्युदरमा निकै कमी आएको कार्यालयका प्रमुख रमेश मलासीले बताए । उनले भने, “बर्थिङ सेन्टरमा सुत्केरी गराउन थालेपछि यहाँको मातृ तथा शिशु मृत्युदरमा निकै कमी आएको छ, यो आफँैमा राम्रो पक्ष हो ।”
बर्थिङ सेन्टरमा सुरक्षित सुत्केरी गराउने महिलाको सङ्ख्या महिनैपिच्छै बढ्दै जान थालेको तथ्याङ्ले देखाएको छ । यहाँका ५२ स्वास्थ्य संस्थामा बर्थिङ सेन्टर सञ्चालनमा रहेको छन् । जिल्लाको विकट क्षेत्रमा पर्ने घागल तथा बोगटान क्षेत्रका स्थानीय महिलाले पनि स्थानीयस्तरमा बर्थिङ सेन्टर स्थापना भएपछि सुरक्षित सुत्केरी हुन थालेको जिल्ला अस्पताल डोटीका अध्यक्ष यज्ञराज जोशीले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिकित्सक लाइसेन्स परीक्षा : विदेशबाट अध्ययन गरी फर्किएका अधिकांश परीक्षार्थी फेल
-
अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा
-
सार्वजनिक सेवामा नागरिकको पहुँच विस्तार सरकारको प्राथमिकतामा : मन्त्री रावल
-
‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने
-
नेपाली युवा उद्यमीको विश्व सम्मेलन सिड्नीमा, एआई स्टार्टअपलाई ३५ लाख प्रोत्साहन
-
तराईका विभिन्न जिल्लामा तातो हावाकाे लहरको सम्भावना, सतर्कता अपनाउन आग्रह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण