पशु बीमा अनुदान कार्यक्रमको निरन्तरता
सरकारले व्यवसायीक किसानहरुको प्रोत्साहनका लागि अघि सारेका कार्यक्रमहरुलाई निरन्तरता दिएको जनाएको छ । शनिबार राजधानीमा भएको ‘पशुपंक्षी पालक व्यवसायिक कृषि क्षेत्रमा रहेका अवसर र चुनौती’ विषयक अन्तरक्रियामा पशु सेवा विभागका वरिष्ठ पशु चिकित्सक डा. चन्द्र ढकालले पशु बीमामा अनुदान लगायतका कार्यक्रमहरुमा निरन्तरता दिएको बताए ।
अहिलेसम्म सरकारले १ अर्ब रुपैयाँ विमान अनुदानका लागि भूक्तानी गरिसकेको छ । २५ अर्ब बराबरको बीमा भएकोमा २२ अर्ब बराबरको बीमा पशुपंक्षीको मात्रै भएको उहाँले बताए ।
सरकारले पशुको क्षति न्युनिकरणका लागि पशु बीमा अनुदानको रुपमा ७५ प्रतिशत अनुदान दिँदै आएको छ । व्यवसायीक किसानहरुलाई कुनै पनि प्रकारको गाडी खरिदमा भन्सार छुट दिएको छ । १ सय भन्दा बढी गाईंभैसी पालिरहेका किसानहरुले यो अनुदान पाउने उन्ले बताए ।
पशु सेवा विभागका महानिर्देशक डा. बंशी शर्माले सरकारले बाहिरबाट आउने पशुपंक्षीलाई क्वारेन्टाइन चेकजाँचमा कडाई गरिएको बताए । क्वारेन्टाइन पास भएका पशुपंक्षीमात्रै भित्र्याउने गरी सरकारले कदम चालेपछि अहिले बाख्रापालन गर्ने किसानहरु बढेका छन् ।
बाहिरबाट आउने पशुहरुसँगै कुनै पनि प्रकारको रोग नआवस भन्नेतर्फ सरकार सजग रहेको उनले बताए । कृषि तथा पशुपालन क्षेत्रका व्यवसायिक किसानहरु पहिलो पटक संगठित भएका हुन् । नव निलहरी मिश्रीत कृषि समूह मध्यपुर र चम्पादेवी कृषि समूह मनोहराले व्यवसायिक किसानहरुलाई संगठित गरेको हो ।
शनिबार पशुपंक्षी पालक व्यवसायिक कृषि क्षेत्रमा रहेका अवशर र चुनौती विषयक अन्तरक्रियामा सहभागि किसानहरुले आफ्नो समस्याहरु सुनाएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चारवटै सुरक्षा निकायको क्षमता अभिवृद्धि गर्ने घोषणा
-
सैफ अली खान र करीनाको सम्बन्ध बिग्रिएको हो ?
-
सामाजिक सुरक्षामा केन्द्रित सबै संस्थालाई मर्जर गर्ने सरकारको उद्घोष
-
प्रहरीको बढुवा प्रणाली अनुमानयोग्य बनाउने सरकारको घोषणा
-
यस्तो छ आर्थिक वर्ष २०८१/०८२ को सरकारको नीति तथा कार्यक्रम (पूर्णपाठ)
-
ज्येष्ठ नागरिकको घरमा नै नियमित स्वास्थ्य परीक्षण गरिने