लागुऔषध खैरो हेरोइनसहित १० जना पक्राउ
सारांश
- प्रहरीले लागुऔषध खैरो हेरोइनसहित काठमाडौँका विभिन्न ठाउँबाट १० जनालाई पक्राउ गरेको छ।
- जेठ २० देखि २२ गतेसम्मको अवधिमा ३ सय ग्राम खैरो हेरोइनसहित उनीहरूलाई पक्राउ गरिएको हो।
- पक्राउ परेका १० जना विरुद्ध लागुऔषध नियन्त्रण ऐन अनुसार थप अनुसन्धान भइरहेको छ।
काठमाडौँ । प्रहरीले लागुऔषध खैरो हेरोइनसहित १० जना काठमाडौँका विभिन्न ठाउँबाट पक्राउ गरेको छ। जेठ २० देखी २२ गतेसम्मको अवधिमा उनीहरूलाई पक्राउ गरिएको लागुऔषध नियन्त्रण ब्युरोका एसपी दुर्गा राज रेग्मीले रातोपाटीलाई बताए।
कारोबारीहरूको साथबाट प्रहरीले ३ सय ग्राम खैरो हेरोइन बरामद गरेको छ । पक्राउ पर्नेमा काठमाडौँ–१६ घर भएका ३० वर्षीय आयुष श्रेष्ठ, बारा घर भएका २३ वर्षीय निराजन कुमार, काठमाडौँ–१९ घर भएका ३७ वर्षीय सुरेश शाही खड्गी, रौतहट घर भएकी १९ वर्षीया सेजल जैसवाल, दोलखा घर भएका २१ वर्षीय सागर शिवाकोटी, बारा घर भएका २४ वर्षीय कैमुलाह खान र भक्तपुर घर भएका ३५ वर्षीय भगवान थापा मगर छन् ।
त्यस्तै, सिरहाको कर्जन्हा घर भएका २० वर्षीय चेत नारायण ठाकुर, काठमाडौँ महानगरपालिका–१६ घर भएका ४० वर्षीय सनि श्रेष्ठ र ३५ वर्षीया किभा श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ।
आरोपीहरू विरुद्ध लागुऔषध नियन्त्रण ऐन २०३३ को कसुरमा अदालतबाट म्याद लिएर थप अनुसन्धान भइरहेको एसपी रेग्मीले जानकारी दिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिहेको दुई महिनाअघि रुसी आक्रमणमा ज्यान गुमाए भारतीय नाविकले, भारतद्वारा रुसी कूटनीतिज्ञलाई ध्यानाकर्षण
-
चोभार गेटमा बस, ट्यांकर र बाइक एकआपसमा ठोक्किए (तस्बिरहरु)
-
प्यारामाउन्ट–वार्नर ब्रदर्स विलय सम्झौतामाथि अमेरिकी अदालतले लगायो अस्थायी रोक
-
यी हुन् मिर्गौला क्यान्सरका संकेत
-
पक्षपातको आरोपबारे अर्जेन्टिनी मिडफिल्डर भन्छन्, ‘हाम्रो मुस्कानले उनीहरूलाई बिझाउँछ’
-
राजधानीको कीर्तिपुरमा कारमा एक्कासि आगो लाग्यो, चालकको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण