भारत भ्रमण सकेर स्वदेश फर्किएका रवि लामिछानेले के भने ?
सारांश
- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पाँच दिने भारत भ्रमण सकेर स्वदेश फर्किएका छन् ।
- उनले दुई देशको हितका विषयमा विकास कूटनीतिलाई मध्यनजर राखेर अघि बढ्ने र अन्य कूटनीतिक विषयहरूलाई संवेदनशीलताका आधारमा अघि लैजाने विषयमा छलफल गरेर फर्किएको बताए ।
- भारत भ्रमणका क्रममा लामिछानेले भारतीय प्रधानमन्त्री मोदी, विदेश मन्त्री जयशंकर, गृहमन्त्री शाह र भाजपा अध्यक्ष नवीन लगायतसँग भेटवार्ता गरेका थिए ।
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछाने पाँच दिने भारत भ्रमण सकेर शुक्रबार स्वदेश फर्किएका छन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै लामिछानेले दुई देशको हितका विषयमा सकारात्मक छलफल भएको बताए ।
उनले कूटनीतिक विषयहरूमा संवेदनशीलताका आधारमा अगाडि लैजाने विषयमा भारतसँग छलफल भएको पनि जानकारी दिए ।
उनले भने,‘ नेपाल र भारत दुई देशको हितका विषयमा विकास कूटनीतिलाई मध्यनजर राखेर अघि बढ्ने र अन्य कूटनीतिक विषयहरूलाई संवेदनशीलताका आधारमा अघि लैजाने विषयमा छलफल गरेर फर्किएको छु ।’
उनले भारतमा उच्च राजनीतिक भ्रमणका भेटघाट गोप्य हुने गरे पनि आफूले खुला रूपमा भेटघाट र छलफल गरेको बताए । उनले रास्वपा सरकार भारतसँग विकास कूटनीतिका आधारमा अघि बढ्ने विषयमा छलफल केन्द्रित भएको पनि बताए ।
उनले सीमा विवादका विषयमा पनि कूटनीतिक रूपमा समाधान खोज्ने गरी छलफल भएको बताए । उनले लोकप्रियताका आधारमा बोल्ने र समाधान गर्ने विषय फरक भएको भन्दै कूटनीतिक आधार सही ढङ्गले अघि बढाउने गरी छलफल भएको बताए ।
भारतको सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) का अध्यक्ष नितिन नवीनको निमन्त्रणामा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा गएका थिए।
भारत बसाइको क्रममा रवि लामिछानेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, विदेश मन्त्री एस जयशंकर, गृहमन्त्री अमित शाह, भाजपा अध्यक्ष नितिन नवीन लगायतसँग भेटवार्ता गरेका थिए।
उनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका दक्षिण तथा मध्य एसियाली विशेष दूत सर्जियो गोरसँग पनि भारतमै भेटवार्ता गरेका थिए। लामिछाने नेतृत्वको भ्रमण टोलीमा रास्वपा सहमहामन्त्री तथा प्रतिनिधि सभा सदस्य विपिनकुमार आचार्य, सचिवालय सदस्य तथा प्रतिनिधि सभा सदस्य दीपक बोहोरा, रवि पत्नी निकिता पौडेल र प्रदीप आचार्य थिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लिग खेलहरू सुरु, मेस्सीबिनै इन्टर मियामीको विजयी सुरुआत
-
चक्रपथको कलंकी–बसुन्धारा खण्ड निर्माण दसैँ–तिहारपछि (तस्बिर)
-
उपचाररत कलाकार कोपिला थापालाई बोर्ड सदस्य लोहनीको आर्थिक सहयोग
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण