छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ४ जनाको मृत्यु
काठमाडौं । सिरहा, मकवानपुर, सुनसरी र कैलालीका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ४ जनाको मृत्यु भएको छ ।
सिरहाको धनगढीमाई नगरपालिका-७ स्थित सडकमा ना.१ ज ६४५८ नम्बरको गाडी अनियन्त्रित भई शनिबार दिउँसो दुर्घटना हुँदा गाडीमा सवार धनुषा मिथिला नगरपालिका-२ बस्ने ६५ वर्षीया रामरतीदेवी महराको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएकी उनको विराटनगर नर्सिङ होममा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका २ जनाको विराटनगर नर्सिङ होममा र अन्य १८ जनाको भुमिजा अस्पताल गोलबजार, जेएस पोलीक्लिनिक र जनशक्ति पोलिक्लिनिकमा उपचार भइरहेको छ । गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यसैगरी मकवानपुरको हेटौंडा उपमहानगरपालिका-११ थानाभर्याङस्थित सडकमा ना.६३ प ७७३४ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही उपमहानगरपालिका थानाभर्याङ बस्ने निरज रानाको ८ वर्षीय छोरा निर्जल रानाको शनिबार साँझ मृत्यु भएको छ ।
ठक्करबाट गम्भीर घाइते भएका उनको चुरेहिल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक हेटौंडा उपमहानगरपालिका-९ लामसुरे बस्ने २४ वर्षीय निकेश सुबेदी र मोटरसाइकलमा सवार सोही ठाउँ बस्ने निरज सुवेदीलाई चुरेहिल अस्पालत हुँदै थप उपचारका लागि न्यूरो अस्पताल रिफर गरिएको छ ।
यता सुनसरीको कोशी गाउँपालिका-४ स्थित सडकमा ना.३ ख ७९११ नम्बरको कन्टेनरको ठक्करबाट हाल नाम, थर, वतन नखुलेका अन्दाजी ५५ वर्षीय पुरुषको शनिबार राति घटनास्थलमै मृत्यु भएको छ । कन्टेनर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
कैलालीको धनगढी उपमहानगरपालिका-२ मिलनचोकस्थित सडकमा पनि ना.५ ख २९२७ नम्बरको ट्रकको ठक्करबाट सोही ठाउँ बस्ने ३० वर्षीय नबिन बोगटीको शनिबार राति मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको हो । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खराब मौसमको कारण फ्रान्स र इराकबिचको दोस्रो हाफ सुरु हुन थप १५ मिनेट ढिलाइ
-
लगातार दोस्रो जिततर्फ फ्रान्सको पाइला: पहिलो हाफको समाप्तिमा इराकमाथि १–० को अग्रता
-
क्षयरोगीलाई पोषणका लागि खाद्यान्न सहयोग
-
खतरनाक ‘हिट स्ट्रेस’ मा विश्वव्यापी वृद्धि
-
एम्बाप्पेको गोलमा इराकविरुद्ध फ्रान्सलाई सुरुवाती अग्रता
-
चीन र इयूका व्यापार प्रमुखहरू अर्को साता भेट्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण