दयाहाङ र मिरुनाको फिल्म ‘जारी’ को यस्तो छ फष्टलुक
काठमाडौं । उपेन्द्र सुब्वाको निर्देशन रहेको फिल्म ‘जारी’को फष्टलुक पोस्टर सार्वजनिक भएको छ । नयाँ वर्षको जेठ २३ गते प्रदर्शन मिति जुर्याएको फिल्मले प्रचारका लागि तयार गरेको पोस्टर फष्टलुकको रुपमा सार्वजनिक गर्दै प्रचार थालेको हो । फष्टलुकमा अभिनेता दयाहाङ राई र अभिनेत्री मिरुना मगर देखिएका छन् ।
सिनेमा आर्टस् र बासुरी फिल्मस्को ब्यानरमा निर्मित फिल्ममा दयाहाङ र मिरुनासँगै प्रेम सुब्बा, विजय बराल, अनिल सुब्बा, रोयदीप श्रेष्ठ, रेखा लिम्बु, पुस्कर गुरुङ, कमलमणी नेपाललगायतका कलाकारको अभिनय रहेको छ ।
शैलेन्द्र डि कार्कीको छायाँकन रहेको फिल्म रामबाबु गुरुङले निर्माण गरेका हुन् । निमेष श्रेष्ठको सम्पादन, झुमा लिम्बु र संगम पन्तको संगीत रहेको फिल्मलाई स्टेशन फाइभ र मनोज राठीको कम्पनीले वितरणको जिम्मा लिएको छ ।
अभिनेता दयाहाङ र अभिनेत्री मिरुनाले स्क्रिन शेयर गरेको यो पहिलो पटक हो । फिल्म ‘जारी’ मा देवराज मादेन, सृजना लिंग्लेकु, अल्भिन लिम्बु, पिटर गुरुङ, देवयानी राई र क्षितिज लावती सह–निर्माताको रुपमा रहेका छन् ।
उपेन्द्रले फिल्म उत्कृष्ट बनाउन आफूले कुनै कसर बाँकी नछाडेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रसुवाको टिमुरेमा बन्दरगाह निर्माण कार्य अलपत्र (तस्बिरहरू)
-
क्यान्सर अस्पतालमा ‘लिक्विड अक्सिजन’ प्लान्ट
-
फेरि पनि बालोन डी’ओरमा मेस्सी ? प्रदर्शनले यही भन्छ
-
देवेन्द्रराज पाण्डेको निधनप्रति गगन थापा– राष्ट्रले लोकतन्त्रको सजग पहरेदार गुमायो
-
लोकतान्त्रिक गणतन्त्र स्थापनामा नागरिक अगुवा पाण्डेको योगदान सदैव स्मरणीय रहनेछ : प्रचण्ड
-
बाढी र पहिरोले देशका विभिन्न राजमार्ग अवरुद्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण