बलिउडका ५ सुपरस्टार अभिनेत्री, जसको अन्तिम समय रह्यो दुःखद
मुम्बई । अभिनय करियरलाई एक चम्किलो दुनियाँ मान्ने गरिन्छ । यसमा नाम कमाउनेहरु विश्वमा चिनिने गर्दछन् । भारतीय फिल्म दुनियाँमा जति उच्च नाम बनाउने छन् । नियालेर हेर्ने हो भने त्यतिकै संख्या डुबेको पनि भेट्न सकिन्छ । भारतीय फिल्म उद्योगमा केही अभिनेत्री यस्ता पनि छन् । जो एक समय चर्चामा रहन सफल थिए । तर, उनीहरुको पछिल्लो अवस्था दुःखद रहन पुग्यो ।
मिताली शर्मा :
एक समय मिताली शर्मा बलिउडको चर्चित नाम थियो । मोडलिङ क्वीन भनेर चिनिएकी मितालीले कयाँै बलिउड फिल्ममा पनि काम गरेकी छिन् । पछिल्लो समय कामको अभावमा उनी फिल्मक्षेत्र भन्दा बाहिर डिप्रेसनमा रहेको बताइन्छ । समाचारलाई आधार मान्ने हो भने केही समय पहिले उनी भिख माग्दै गरेको अवस्थामा पनि देखिएकी थिइन् ।
गीतान्जली नागपाल:
भोजपुरी फिल्मको सुपरस्टार समेत रहेकी गीतान्जली नागपालले बलिउडका केही फिल्म समेत अभिनय गरेकी छिन् । तर ड्रक्सको चपेटाको कारण उनले जीवन अन्धकार तिर धकेलिन् । उनलाई अहिले मुम्बइको केही स्थानमा भिख माग्दै गरेको देख्न सकिन्छ ।
परवीन बोबी:
७० को दशककी सबैभन्दा सुन्दर अभिनेत्री परवीन बोबी एक समय पुरै हिन्दुस्थानीको दिलमा बन्न सफल थिइन् । उनी पछिल्लो समय कंगाल भएकी थिइन् । उनको साथ नातागोता र परिवारका सदस्यले समेत छाडेका थिए ।
नीशा नूर :
साउथ फिल्मको ८० को दशककी हिट अभिनेत्री थिइन् नीशा नूर । उनले साउथका धेरै स्टारसँग काम गरेकी छन् । अभिनयमा सफलता मिलेपनि उनको निजी जिन्दगी भने दुःखद रह्यो । २००७ मा मृत्य भएको नीशालाई एड्स समेत भएको पाइएको थियो ।
विमी :
अभिनेत्री विमीले १९६८ मा ‘आबरु’ फिल्मबाट अभिनय करियर सुरु गरेकी थिइन् । सुनिल दत्तको साथ फिल्म हमराजमा उनलाई निकै मन पराइयो । तर सफलता धेरै दिन टिक्न सकेन । उनको निजी जीवन पनि उतार चढावपूर्ण र्हयो । सबैथोक सकिएर पछि उनको १९७७ मा निधन भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इथियोपियाको सत्तारूढ ‘प्रोस्परिटी पार्टी’लाई बहुमत
-
पौडी खेल्ने क्रममा डुबेर आठ वर्षीया बालिकाको मृत्यु
-
जानकी मेडिकल कलेज प्रकरण: ओपी पाण्डे सहित १२ जनालाई प्रतिवादी बनाउन सीआईबीको राय
-
मध्यरातमा रास्वपाले टुंग्यायो मधेसका प्रतिनिधिको सूची (नामावलीसहित)
-
रास्वपाको वैचारिकीमा प्रदीपको प्रश्न, बालेन कडा जवाफ
-
ओयार्जाबालको दुई गोलसँगै पहिलो हाफमा साउदी अरेबियाविरुद्ध स्पेनको ३–० को दबदबा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण