अर्थमन्त्री खतिवडाको आज राजीनमा, भोलि पुनःनियुक्ति !
काठमाडौं । राष्ट्रियसभा सदस्यमध्ये दुई वर्षे कार्यकाल पूरा गरेका १९ जनाको पदावधि आज मंगलबार सकिँदैछ ।
गोलाप्रथाबाट दुईवर्षे कार्यकालको जिम्मेवारी पाएका अर्थमन्त्री डा. युवराज खतिवडालगायत १९ जनाको पदावधि मंगलबारबाट सकिन लागेको हो ।
आफ्नो कार्यकाल समाप्त हुने भएपछि अर्थमन्त्री डा. युवराज खतिवडाले मंगलबारै राजीनामा दिने तयारी गरेका छन् । तर राजीनामा पछिपनि खतिवडालाई अरु ६ महिना अर्थमन्त्रीको जिम्मेवारी दिने नेकपाको तयारी छ । त्यसका लागि खतिवडाले मंगलबार राजीनामा गर्ने र भोलि ६ महिनाका लागि अर्थमन्त्री पुनःनियुक्त गर्ने तयारी छ ।
सांसद नभएको व्यक्ति ६ महिनासम्म मन्त्री हुन पाउने संवैधानिक व्यवस्था अनुसार राजीनामा लगत्तै प्रधानमन्त्री केपी ओलीले खतिवडालाई मन्त्रीमा पुनर्नियुक्त गर्नसक्ने कानुनी व्यवस्था रहेको नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङले बताए ।
प्रधानमन्त्री केपी ओलीको चाहानाविपरित नेकपा सचिवालय बैठकले वामदेव गौतमलाई राष्ट्रपतिबाट मनोनित राष्ट्रिय सभा सदस्यमा मनोनित गर्न सिफारिस गरेपछि प्रधानमन्त्री ओलीले खतिवडालाई थप ६ महिनाका लागि मन्त्रीमा पुनःनियुक्ति गर्ने र गौतमलाई राष्ट्रिय सभा सदस्यमा मनोनितका लागि सिफारिस गरेको बुझिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१८ औं इन्डो–नेपाल खुला कराते: एकल कातामा सुलभ र अंकितालाई स्वर्ण
-
सार्वजनिक सेवा प्रसारण संस्थाको स्याटेलाइट खरिद प्रकरण छानबिन गर्न समिति गठन
-
रास्वपाद्वारा लुम्बिनीका ९१ स्थानीय तहमा अधिवेशन सम्पन्न, जिल्ला अधिवेशनको पनि तीव्र तयारी
-
नयाँ दल बनाउन कस्सिए धवलशमशेर र दुर्गा प्रसाईँ, राप्रपालाई धक्का !
-
प्लास्टिक प्रदूषण न्यूनीकरण गर्न आ–आफ्नो बानी बदलौँ
-
कारखानाभित्र पसेको भालु झ्याल खोलेर फरार, जापानी अधिकारीहरू चकित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण