प्रम ओलीको स्वास्थ्य अवस्थाबारे जानकारी लिन प्रचण्ड अस्पतालमा
काठमाडौं । नेकपा अध्यक्ष प्रचण्ड प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ अवस्थाबारे जानकारी लिन अस्पताल पुगेका छन् ।
प्रचण्ड ओलीको स्वास्थ्यस्थितिबारे जानकारी लिन मंगलबार साँझ त्रिवि शिक्षण अस्पताल पुगेका हुन् ।
प्रधानमन्त्री ओलीको बुधबार बिहानदेखि मिर्गौला प्रत्यारोपण सुरु हुँदैछ । त्यसका लागि ओली सोमबार अस्पताल भर्ना भएका थिए ।
प्रचण्ड आफैं समेत अस्वस्थ भएपनि ओलीको अवस्थाबारे जानकारी दिन अस्पताल पुगेका हुन् । प्रचण्ड सामान्य रुघाखोकीका कारण अस्वस्थ भएका हुन् ।
प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपणका लागि दुई जना भारतीय चिकित्सक समेत नेपाल आएका छन् ।
भारतीय चिकित्सक प्रा डा अनन्तकुमार र अर्का एक जना नेपाल आएको टिचिङ अस्पतालका निर्देशक डाक्टर प्रेम कृष्ण खड्गाले जानकारी दिए । उनका अनुसार मिर्गौला प्रत्यारोपणको नेतृत्व शिक्षण अस्पतालका युरोलोजी तथा ट्रान्सप्लान्ट सर्जिकल विभागका प्रमुख प्रा डा उत्तमकुमार शर्मा र सोही विभागका वरिष्ठ सर्जन प्रा डा प्रेमराज ज्ञवालीले गर्नेछन् ।
ज्ञवाली नेतृत्वको टीमले प्रधानमन्त्री र शर्मा नेतृत्वको मिर्गौला दान दिने समीक्षा संग्रौला ज्ञवालीको शल्यक्रिया गर्नेछ । प्राडा ज्ञवालीको ‘ब्याक सपोर्ट’मा भारतीय चिकित्सक अनन्तकुमार रहनेछन् ।
ओलीको ०६४ मा पहिलोपटक भारतको दिल्लीस्थित एपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण गराउँदा डा. अनन्तकुमारले नै गरेका थिए ।
प्रधानमन्त्री ओलीको मिर्गौलाले काम गर्न छाडेपछाडि पुनः प्रत्यारोपण गर्न लागिएको हो । सोमबार शिक्षण अस्पतालमा भर्ना भएका प्रधानमन्त्री ओलीलाई अहिले अब्जरवेशनमा राखिएको छ । उनलाई मिर्गौला दिनका लागि भान्जी समीक्षा संग्रौला ज्ञवाली समेत अस्पताल भर्ना भइसकेकी छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
-
चोभारमा पौडी खेल्न बागमतीमा हामफालेका युवक बेपत्ता
-
कांग्रेसको इतर समूहले राष्ट्रिय भेला कसरी गर्छ ? यस्तो छ तयारी
-
पोखरामा माइक्रो र मोटरसाइकल ठोकियो, १९ वर्षीय युवकको मृत्यु
-
आपूर्ति चिन्ताले लगातार पाँचौँ दिन बढ्यो तेलको मूल्य, कतिमा भइरहेछ कारोबार ?
-
एआईले सिर्जनाको गति दिन सक्छ, तर आत्मा कलाकारले नै दिनेछ : शिव परियार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
