प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपण सफल, अस्पतालले पत्रकार सम्मेलन गर्दै
काठमाडौं । सबैको चासोको विषय रहेको प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपणबारे अस्पतालले पत्रकार सम्मेलन गरेर जानकारी गराउने भएको छ ।
प्रधानमन्त्रीलाई मिर्गौला प्रत्यारोपणका लागि बुधबार बिहान १० बजेपछि अपरेशन थिएटरमा लगिएको थियो । प्रत्यारोपणपछि त्रिवि शिक्षण अस्पतालले अपरान्ह साढे चार बजे पत्रकार सम्मेलन गरेर स्वास्थ्यस्थितिबारे जानकारी दिन लागेको हो ।
चिकित्सकहरुले अनौपचारिक रुपमा प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण सफल भएको बताएपनि अस्पतालले औपचारिक पत्रकार सम्मेलनमार्फत जानकारी दिने जनाएको छ ।
प्राध्यापक डा. अरुण शायमीका अनुसार प्रधानमन्त्री ओलीको शरीरमा मिर्गौला प्रत्यारोपण गरेर टेष्ट गर्दा युरिन सपोर्ट भएको छ । ओलीलाई भान्जी समीक्षा संग्रौलाले मिर्गौला दिएकी हुन् ।
ओलीको यो दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरिएको हो । २०६४ साउनमा भारतको एपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चक्रपथको कलंकी–बसुन्धारा खण्ड निर्माण दसैँ–तिहारपछि (तस्बिर)
-
उपचाररत कलाकार कोपिला थापालाई बोर्ड सदस्य लोहनीको आर्थिक सहयोग
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
-
पुष्पलालको राष्ट्रिय स्वाधीनतासम्बन्धी दृष्टि र आजको सन्दर्भ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण