प्रधानमन्त्री ओलीलाई अप्रेशन थिएटरबाट पोस्ट अपरेटिभ वार्डमा सारियो
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको अप्रेशन सम्पन्न भएको छ । त्रिवि शिक्षण अस्पताल उच्च स्रोतका अनुसार ओलीलाई केहीबेरअघि अप्रेशन थिएटरबाट निकालेर पोस्ट अपरेटिभ वार्डमा सारिएको छ । यस्तै ओलीलाई मिर्गौला दिने समीक्षा संग्रौलालाई पनि पोस्ट अपरेटिभ वार्डमा सारिएको छ ।
प्रधानमन्त्री ओलीले बुधबार बिहान १० बजेदेखि अप्रेशन सुरु गरिएकोमा करिब ३ बजेतिर अप्रेशन सकिएको स्रोतको भनाइ छ । उनको अप्रेशनमा संलग्न एक चिकित्सकका अनुसार ओलीको मिर्गौला प्रत्यारोपण सफलतापूर्वक सम्पन्न भएको छ ।
यसैबीच ओलीको मिर्गौला प्रत्यारोपणबारे अस्पतालले पत्रकार सम्मेलन गरेर जानकारी गराउँदै छ ।
प्राध्यापक डा अरुण शायमीका अनुसार प्रधानमन्त्री ओलीको शरीरमा मिर्गौला प्रत्यारोपण गरेर टेष्ट गर्दा युरिन सपोर्ट भएको छ ।
ओलीको यो दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरिएको हो । २०६४ साउनमा भारतको एपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण गरिएको थियो ।
मिर्गौला प्रत्यारोपणको नेतृत्व शिक्षण अस्पतालका युरोलोजी तथा ट्रान्सप्लान्ट सर्जिकल विभागका प्रमुख प्रा डा उत्तमकुमार शर्मा र सोही विभागका वरिष्ठ सर्जन प्रा डा प्रेमराज ज्ञवालीले गरेका हुन् ।
यस्तै ‘ब्याक सपोर्ट’मा भारतीय चिकित्सक अनन्तकुमार रहेका थिए ।
ओलीको ०६४ मा पहिलोपटक भारतको दिल्लीस्थित एपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण गराउँदा डा अनन्तकुमारले नै गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चक्रपथको कलंकी–बसुन्धारा खण्ड निर्माण दसैँ–तिहारपछि (तस्बिर)
-
उपचाररत कलाकार कोपिला थापालाई बोर्ड सदस्य लोहनीको आर्थिक सहयोग
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
-
पुष्पलालको राष्ट्रिय स्वाधीनतासम्बन्धी दृष्टि र आजको सन्दर्भ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण