प्रधानमन्त्रीलाई पोस्ट वार्डमा सारिएपछि डाक्टरहरु छलफलमा
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई पोस्ट अपरेटिभ वार्डमा सारिएपछि चिकित्सकहरु छलफलमा बसेका छन् । प्रधानमन्त्रीको अबको उपचार प्रक्रिया कसरी अघि बढाउने भन्नेमा योजनामा बनाउन चिकित्सकहरु छलफलमा बसेका हुन् ।
मिर्गौला प्रत्यारोपणको नेतृत्व शिक्षण अस्पतालका युरोलोजी तथा ट्रान्सप्लान्ट सर्जिकल विभागका प्रमुख प्रा डा उत्तमकुमार शर्मा र सोही विभागका वरिष्ठ सर्जन प्रा डा प्रेमराज ज्ञवालीले गरेका हुन् ।
यस्तै ‘ब्याक सपोर्ट’मा भारतीय चिकित्सक अनन्तकुमार रहेका थिए ।
ओलीको ०६४ मा पहिलोपटक भारतको दिल्लीस्थित एपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण गराउँदा डा अनन्तकुमारले नै गरेका थिए ।
अहिले भारतीय डाक्टर अनन्तकुमार र नेपाली चिकित्सक टोलीबीचको छलफल भइरहेको हो ।
स्रोतका अनुसार प्रधानमन्त्रीको अपरेशन सफल भएपछि पनि उनलाई पहिलेकै अवस्थामा फर्काउन प्रभावकारी उपचार योजना चाहिन्छ । स्रोतका अनुसार अहिले प्रधानमन्त्रीको प्रत्यारोपण गरिएको मिर्गौलाको काम गरेको छ भने उनले पिसाव पनि गरेका छन् । तर ४ दिनसम्म उनको स्वास्थ्य अवस्था ‘रिस्क जोन’ मै रहने भएकाले चिकित्सकको विशेष निगरानीमा उपचार गर्न चिकित्सकहरु छलफलमा जुटेका हुन् ।
चिकित्सकहरुको बैठक सकिएपछि चित्रि शिक्षण अस्पतालले प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे पत्रकार सम्मेलनमार्फत थप जानकारी दिनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चक्रपथको कलंकी–बसुन्धारा खण्ड निर्माण दसैँ–तिहारपछि (तस्बिर)
-
उपचाररत कलाकार कोपिला थापालाई बोर्ड सदस्य लोहनीको आर्थिक सहयोग
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
-
पुष्पलालको राष्ट्रिय स्वाधीनतासम्बन्धी दृष्टि र आजको सन्दर्भ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण