यी हुन् ओलीको अप्रेशनमा खटिएका चिकित्सक
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपणमा दर्जन बढी विशेषज्ञ चिकित्सक खटिएको त्रिवि शिक्षण अस्पतालले जनाएको छ ।
प्रत्यारोपणको शल्यचिकित्सा टोलीमा प्राडा उत्तम कुमार शर्मा, प्राडा प्रेम ज्ञवाली, भारतीय चिकित्सक प्राडा अनन्तकुमारलगायतको टोली खटिएको थियो ।
त्यस्तै मिर्गौला प्रत्यारोपण चिकित्सा टोलीमा प्राडा दिव्यासिंह शाह, डा महेश सिग्देल, डा मुकुन्द काफ्ले, डा नवीन नेपालीलगायतको टोली सहभागी रहेको थियो ।
यस्तै एनेस्थेसिया तथा क्रिटिकल केयरतर्फ डा अनिल श्रेष्ठ र प्राडा सुवास कर्माचार्य लगायतको टोलीले सहयोग गरेको थियो ।
अस्पतालका कार्यकारी निर्देशन प्रेम कृष्ण खड्गाले ओलीको स्वास्थ्य अवस्था स्थिर रहेको बुधबार अपरान्ह आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए ।
यस्तै खड्गाले अहिले ओलीको प्रत्यारोपित मिर्गौलाले काम गर्न थालिसकेको पनि बताए । त्यस्तै ओलीका सबै मुख्य सूचकांकहरु राम्रो अवस्थामा रहेको पनि खड्गाले जानकारी दिए । उनलाई प्रत्योरापण उपचार कक्षमा राखी उपचारलाई निरन्तरता दिइने पनि चिकित्सकहरुले बताएका छन् ।
यस्तै मिर्गौला दान गर्ने ओलीकी भान्जी समीक्षा संग्रौलाको पनि स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।
अहिले प्रधानमन्त्रीलाई प्रत्योरोपण उपचार कक्षमा राखिएको छ भने उनको अबको उपचार प्रक्रिया कसरी अघि बढाउने भन्नेमा चिकित्सकहरुबीच गम्भीर छलफल समेत भएको छ ।
प्रा डा उत्तमकुमार शर्मा र प्रा डा प्रेम ज्ञवाली, भारतीय चिकित्सक अनन्तकुमालगायतको टोलीबीच छलफल भएको हो ।
ओलीको ०६४ मा पहिलोपटक भारतको दिल्लीस्थित एपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण गराउँदा डा अनन्तकुमारले नै गरेका थिए ।
चिकित्सकहरुको छलफलबाट उपचार प्रभावकारी बनाउन विशेष योजना तय गरिएको बताइएको छ ।
स्रोतका अनुसार ४ दिनसम्म उनको स्वास्थ्य अवस्था ‘रिस्क जोन’ मै रहने भएकाले चिकित्सकको विशेष निगरानीमा उपचार गर्न चिकित्सकहरुले विशेष योजना बनाएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
होल्डिङ सेन्टरमा रहेका ३६ वर्षीय दर्जीको मृत्यु, कुलमानले भने, ‘राज्यले जिम्मेवारी भुल्यो’
-
‘संगीत व्यावसायिक बन्दैछ, तैपनि कलाकारका दुःख सकिएनन्’
-
पाँचथरमा तीन सडक खण्ड ठप्प : कुन सडकको अवस्था कस्तो छ?
-
बजेटमा समेटिएका आयोजना निर्धारित समयभित्र सम्पन्न हुनुपर्छ : मन्त्री श्रेष्ठ
-
दुर्घटनामा परे हर्क साम्पाङ, स्वास्थ्य अवस्था सामान्य
-
हराएको सिमकार्डबाट मोबाइल बैंकिङ ह्याक, २४ लाख ठगी गर्ने दुई युवक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण