सिटी एक्सप्रेस मनि ट्रान्सफर र खल्ती डिजिटल वालेट बीच रेमिटान्स सम्झौता
काठमाडौं– सिटी एक्सप्रेस मनी ट्रान्सफर र खल्ती डिजिटल वालेट बीच रेमिटान्स सम्झौता भएको छ ।
एक कार्यक्रमका बीच सिटी एक्सप्रेसका तर्फबाट प्रबन्ध निर्देशक चन्द्र टण्डन र खल्ती डिजिटल वालेटको तर्फबाट निर्देशक अमित अग्रवालले सो सम्झौतामा हस्ताक्षर गरेका छन् ।
सम्झौताअनुसार खल्ती डिजिटल वालेट प्रयोगकर्ताले आफ्नो खल्ती एपमा भएको रकम आफैले सिटी एक्सप्रेसको नेपाल भरी रहेका ७,५०० भन्दा बढि एजेन्टहरुमा पठाउन सक्नेछन् । यसका साथै खल्ती डिजिटल वालेटका एजेन्टहरुबाट पनि यो सेवाको लाभ प्राप्त गर्न सक्नेछन् ।
साथै सिटी एक्सप्रेसका सबै एजेन्टहरुबाट आफ्नो खल्ती डिजिटल वालेट खातामा रकम जम्मा गर्ने सुविधा पनि सिघ्र सुचारु हुने भएको छ । नेपालमा डिजिटल च्यानलको प्रयोगको प्रोत्साहनको लागि छिट्टै सिटी एक्सप्रेसको अन्तरराष्ट्रिय एजेन्टहरुबाट पनि सिधै खल्ती डिजिटल वालेट खातामा रकम जम्मा गर्ने सुबिधा सुरु हुनेछ ।
सिटी एक्सप्रेसले रेमिटान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउदै बिगत १३ वर्ष देखि बिश्व भरी आफ्नो रेमिट एजेन्ट्हरु बाट ७५०० भन्दा बढी नेपालको एजेन्ट्हरु मार्फत भुक्तानी प्रदान गर्दै आइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निवर्तमान मुख्यमन्त्री केदार कार्कीले दायर गरेको रिटमा आज पेशी
-
कांग्रेस संसदीय दलको बैठक बस्दै
-
सङ्घीय संसद्को बजेट अधिवेशन आजदेखि, यस्तो छ सम्भावित कार्यसूची
-
सुदूरपश्चिम सरकारलाई ‘बजेट कानुन’ घाँडो, अधिवेशन अन्योलमा
-
कोशी, बाग्मती र गण्डकी प्रदेशमा बिहानैदेखि वर्षा, कस्तो रहला दिनभरको मौसम?
-
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर