शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

बढ्यो डलरको भाउ, कति छ अन्य देशको विनिमयदर ?

बिहीबार, २२ फागुन २०७६, ०८ : ०९
बिहीबार, २२ फागुन २०७६

नेपाल राष्ट्र बैंकले बिहीबार (फागुन २२) जारी गरेको विनिमयदरका अनुसार अमेरिकी डलर एकको खरिददर ११६ रुपैयाँ ८६ पैसा र बिक्रीदर ११७ रुपैयाँ ४६ पैसा रहेको छ । सोमबार डलर एकको खरिददर ११६ रुपैयाँ ०६ पैसा र बिक्रीदर ११६ रुपैयाँ ६६ पैसा रहेको थियो । 

यस्तै, युरो एकको खरिददर १३० रुपैयाँ ३२ पैसा र बिक्रीदर १३० रुपैयाँ ९९ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । यसैगरी पाउण्ड एकको खरिददर १४९ रुपैयाँ ४२ पैसा र बिक्रीदर १५० रुपैयाँ १८ पैसा रहेको छ ।

यसैगरी, मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ९५ पैसा र बिक्रीदर २८ रुपैयाँ १० पैसा रहेको छ।  

यता, कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ १० पैसा र बिक्रीदर ३२ रुपैयाँ २६ पैसा रहेको छ । 

र, युएई दिराम एकको खरिददर ३१ रुपैयाँ ८२ पैसा र बिक्रीदर ३१ रुपैयाँ ९८ पैसा रहेको छ । 

तालिकामा विस्तृतमा हेर्नुहोस्ः

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप