मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय

प्रधानमन्त्रीको स्वास्थ्य सोचेभन्दा राम्रो: सरकारका प्रवक्ता

बिहीबार, २२ फागुन २०७६, १५ : २१
बिहीबार, २२ फागुन २०७६

काठमाडौं । सञ्चार तथा सुचना प्रविधि मन्त्री एवं सरकारका प्रवक्ता युवराज खतिवडाले प्रधानमन्त्री केपी शर्माओलीको स्वास्थ्य अवस्था सोचेभन्दा राम्रो हुँदै गएको बताएका छन् ।  सरकारका तर्फबाट मन्त्रालयमा बिहीबार आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता खतिवडाले सो कुरा बताएका हुन् । 

‘प्रधानमन्त्रीको स्वास्थ्य सोचेभन्दा राम्रो भइरहेको छ । उहाँको स्वास्थ्य शीघ्र सुधार भइरहेको छ । उहाँलाई तरल पदार्थ खुवाउन थालिएको छ’, मन्त्री खतिवडाले भने, ‘मिर्गौला दाताको स्वास्थ्य पनि राम्रो हुँदै गइरहेको छ ।’
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप