लोभबाट बचौंः ठूल्ठूला माछा पनि सानो मासुको टुक्राको लालचमा ज्यान गुमाउँछन्
गरुड पुराण प्रमुख १८ पुराणमध्येको एक हो । यो पुराणमा सुखी जीवन कसरी बाँच्न सकिन्छ र यसमा मृत्युसँग जोडिएको रहस्यबारे पनि बताइएको छ । यो पुराणको आचारकाण्डमा नीतिसार नामको एउटा अध्याय छ । यसमा नीतिबारे जानकारी दिइएको छ । नीतिसारमा पाँच यस्ता कुरा बताइएको छ जसमा घर परिवार र समाजमा सम्मान किन पाइँदैन भनेर बताइएको छ ।
पहिलो कुराः
यदि कोही व्यक्तिले सन्तानको लालनपालनमा ध्यान दिँदैनन् भने सन्तान बिग्रने गर्छन् । सन्तान संस्कारी छैन र गलत काम गर्छ भने आमा–बुवा अपमानित हुनुपर्छ । सन्तानले राम्रो संस्कार पाउने कुरामा अभिभावकले सुनिश्चितता गर्नुपर्छ ।
दोस्रो कुराः
लोभलाई नराम्रो बानी भनिएको छ । ठूल्ठूला माछा पनि सानो मासुको टुक्राको लोभमा फसेर आफ्नो ज्यान गुमाउँछन् । यसै गरी मानिसहरुले पनि धनको लोभमा फस्दा विभिन्न समस्याको सामना गर्नुपर्ने हुन्छ ।
तेस्रो कुराः
जो व्यक्ति आफ्नो आम्दानीभन्दा बढी खर्च गर्छन्, अत्यधिक दान दिन्छन्, उनीहरुले विभिन्न प्रकारको समस्याको सामना गर्नुपर्ने हुन्छ ।
चौथो कुराः
नराम्रो संगतबाट बच्नुहोस् । राम्रो र नराम्रो संगतको असर हाम्रो जीवनमा पर्छ । यदि हाम्रो संगत गलत व्यक्तिसँग छ भने परिणाम असाध्यै खराब हुनसक्छ । खराब संगतबाट बच्नुपर्छ ।
पाँचौं कुराः
जो व्यक्ति आफ्नो स्वार्थ पूरा गर्नका लागि अरुलाई क्षती पुर्याउँछन्, उनीहरुले कहिल्यै सुख पाउँदैनन् ।
सुखी र सफल जीवन चाहन्छौं भने हामीले यी पाँच कुरालाई ध्यानमा राख्नुपर्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुकुमबासीहरूलाई भोकमरीतर्फ धकेलिएको आराेप, फौजदारी अनुसन्धानको माग
-
पाकिस्तानको तटमा कार्गो विमानको भग्नावशेष फेला, ५ चालक दलका सदस्यको खोजी जारी
-
थारू समुदायको प्रथाजनित परम्परा संरक्षणसम्बन्धी विधेयक सर्वसम्मत पारित
-
१० बजे १० समाचार : अभिषेक गिरीको जताततै घरजग्गा, फेरि भिड्न थाले इरान–अमेरिका
-
देउवा समूह पार्टीमा एकता कायम राख्न लचिलो बन्ने
-
उपत्यका ट्राफिकमा गृहमन्त्रीको निरीक्षण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण