५ रुपैयाँको मास्क ३० रुपैयाँमा बिक्री गरेपछि २ फार्मेसीलाई २० हजार जरिवाना (भिडियोसहित)
काठमाडौं । कोरोना भाइरसको त्रास फैलिएपछि मेडिकलहरु सर्जिकल माक्सको चर्को मूल्य लिन थालेका छन् । अस्पताल छेउछाउकै मास्क पसलहरुले समेत खुलेआम ५ रुपैयाँ पर्ने माक्सलाई पच्चिस तीस रुपैयाँमा बिक्री गर्न थालेका छन् । महँगोमा मास्क बिक्री गर्दै आएका काठमाडौंको टेकुस्थित शुक्रराज ट्रपिकल अस्पताल अगाडिका २ वटा फार्मेसी कारवाहीमा परेका छन् ।
शुक्र तथा शास्त्री मेडिकल पसलमा शुक्रबार वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले छापा मारेर २० हजार रुपैयाँ जरिवाना तिराएको छ । ५ रुपैयाँ पर्ने सर्जिकल मास्कलाई शास्त्री फार्मेसीले प्रतिगोटा ३० रुपैयाँ र शुक्र फार्मेसीले २५ रुपैयाँमा बिक्री गरिरहेको थियो । चीनबाट फैलिएको कोरोना भाइसरको क्रासपछि बजारमा मास्कको माग बढिरहेका बेला ठगी र कालोबजारी सुरु भएको छ ।
शुक्रबार दिउँसो विभागको टोली टेकुस्थित शास्त्री फार्मेसीमा पुग्दा शास्त्री मेडिकल सञ्चालकले आफ्नै लागि मात्र मास्क राखेको जिद्धी गरिरहिन् । बाणिज्य विभागमा कर्मचारीले उनीसँग मास्क खरिद गरेको बिल मागे । तर उनले दिन सकिनन् ।
सुरुमा उनले २ प्याकेट मास्क मात्र देखाएपनि विभागका कर्मचारीले पसलभित्र खानतलासी गर्दा अरु मास्कका प्याकेटहरु भेटाए । अझै पनि उनले आफ्नो प्रयोगका लागि मात्रै मास्क राखेको भनेर दावी गर्न छोडिनन् । उनले बिक्रीका लागि राखेका मास्कको खरिद बिल देखाउन नसकेपछि बाणिज्य विभागका कर्मचारीले उनलाई १० हजार रुपैयाँ जरिवानाको कागज गराए ।
शास्त्री फार्मेसीमा जरिवाना तिराएर विभागको टोलसँगै रहेको अर्को मेडिकल पसल शुक्र फार्मेसीतिर लाग्यो । त्यहाँ पनि विभागको टोलीले मेडिकल सञ्चालकसँग मास्क खरिद गरेको बिल माग्नुका साथै औषधी फार्मेसी दर्ता प्रमाणपत्र माग्यो । शास्त्री फार्मेसीका सञ्चालकले पनि मास्क खरिद गरेको बिल देखाउन नसकेपछि उनलाई १० हजार जरिवाना गरियो । उपभोक्ता संरक्षण ऐन २०७५ को दफा १५ बमोजिम खरिद बिल नराखी दफा ३८ को ‘घ’ को कसुर गरेकोले सोही ऐनको दफा ३९ को १ बमोजिम १० हजार जरिवाना गरेको बेहोरामा हस्ताक्षर गराइएको छ ।
साथै मास्क तथा औषधीको बढी मूल्य लिने र अभाव सिर्जना नगर्न सचेत समेत गराइएको छ । विभागका निरिक्षण अधिकृत दिपकराज पोखरेल, निराजकुमार खत्री, मोहन भण्डारी र सुरेश कारञ्जितको टोलीले यी मेडिकलहरुमा अनुगमन गरेको हो ।
दुई मेडिकललाई जरिवानाको कारवाही गरेपछि विभागका सहायक सूचना अधिकारी दीपकराज पोखरेलले बजारमा मास्कको अभाव नभएपनि बढी मूल्यमा बिक्री गर्नेमाथि कारवाही गर्ने बताए । शुक्रबार मात्रै विभागको ४ वटा टोलीले काठमाडौं उपत्यकामा बजार अनुगमन गरेको उनले बताए । चीनबाट फैलिएको कोरोना भाइरसको क्रासपछि बजारमा मास्कको कालोबजारी र ठगी सुरु भएको छ ।
हेर्नुहोस् भिडियोः
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
-
नेपालमा मनसुन आउन एक साता लाग्ने
-
१० बजे १० समाचार : रविको ‘विकास कूटनीति’देखि प्रधानमन्त्री मौनसम्म
-
प्रहरीको प्राविधिक तर्फका ४ जना इन्स्पेक्टरको सरुवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण