बुधबार, १९ वैशाख २०८१
ताजा लोकप्रिय

एक वर्षमा ५ सय ५० जना सर्पदंशका विरामीको उपचार

मङ्गलबार, १३ भदौ २०७४, १६ : १९
मङ्गलबार, १३ भदौ २०७४

कपिलवस्तु– कपिलवस्तुको बुद्धभुमि नगरपालिका–२ गोरुसिङेमा रहेको कपिलवस्तु सर्पदंश उपचार केन्द्र गोरुसिङ्गेले एक वर्षमा ५ सय ५५ जना सर्पले डसेका बिरामीको सफल उपचार गरेको छ ।

नेपाली सेनाको नारायणदलगणको प्राविधिक र बुद्धभुमि नगरपालिकाको आर्थिक सहयोगमा सञ्चालित यस उपचार केन्द्रले यहि भदौ १२ गतेसम्म ५ सय ५५ जना बढी सर्पले डसेका बिरामीको उपचार गर्न सफल भएको हो ।

यस वर्ष जिल्लाका ३ सय ५०, दाङका ८५ ,रोल्पाका ४० ,प्युठानका ४५, र रुपन्देहीका ३५ जना सर्पले डसेका बिरामीको उपचार सफल गरिएको कपिलवस्तु सर्पदंश उपचार केन्द्र गोरुसिंङेका सचिव नविन भण्डारीले जानकारी दिए ।

असार महिनामा मात्र सय बढी बिरामीको उपचार गरिएको थियो । यहाँ वर्षायाममा विरामीको चाप बढी हुने गरेको छ ।

यसवर्ष समयमै उपचार नपाउदा ३ जनाको मृत्यु भएको छ । विषालु सर्पले डसेका विरामीको सङख्यामा भने कमी आएको छ । अरु बिरामीको तुलनामा महिला बिरामी बढि आउने गरेको भण्डारीले जानकारी दिए ।

सर्पले डस्ने वित्तिकै झारफुक गर्ने, डसेको ठाउँमा बिलेटले चिर्ने लगायतका कार्य नगरी तुरुन्त अस्पतालमा आउन उनले आग्रह गरे । दशवर्षअघि स्थापना भएको यो उपचार केन्द्रलाई जिल्लाकै उत्कृष्ट केन्द्रका रुपमा लिने गरीएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

चुरामणि अर्याल
चुरामणि अर्याल
लेखकबाट थप