एक वर्षमा ५ सय ५० जना सर्पदंशका विरामीको उपचार
कपिलवस्तु– कपिलवस्तुको बुद्धभुमि नगरपालिका–२ गोरुसिङेमा रहेको कपिलवस्तु सर्पदंश उपचार केन्द्र गोरुसिङ्गेले एक वर्षमा ५ सय ५५ जना सर्पले डसेका बिरामीको सफल उपचार गरेको छ ।
नेपाली सेनाको नारायणदलगणको प्राविधिक र बुद्धभुमि नगरपालिकाको आर्थिक सहयोगमा सञ्चालित यस उपचार केन्द्रले यहि भदौ १२ गतेसम्म ५ सय ५५ जना बढी सर्पले डसेका बिरामीको उपचार गर्न सफल भएको हो ।
यस वर्ष जिल्लाका ३ सय ५०, दाङका ८५ ,रोल्पाका ४० ,प्युठानका ४५, र रुपन्देहीका ३५ जना सर्पले डसेका बिरामीको उपचार सफल गरिएको कपिलवस्तु सर्पदंश उपचार केन्द्र गोरुसिंङेका सचिव नविन भण्डारीले जानकारी दिए ।
असार महिनामा मात्र सय बढी बिरामीको उपचार गरिएको थियो । यहाँ वर्षायाममा विरामीको चाप बढी हुने गरेको छ ।
यसवर्ष समयमै उपचार नपाउदा ३ जनाको मृत्यु भएको छ । विषालु सर्पले डसेका विरामीको सङख्यामा भने कमी आएको छ । अरु बिरामीको तुलनामा महिला बिरामी बढि आउने गरेको भण्डारीले जानकारी दिए ।
सर्पले डस्ने वित्तिकै झारफुक गर्ने, डसेको ठाउँमा बिलेटले चिर्ने लगायतका कार्य नगरी तुरुन्त अस्पतालमा आउन उनले आग्रह गरे । दशवर्षअघि स्थापना भएको यो उपचार केन्द्रलाई जिल्लाकै उत्कृष्ट केन्द्रका रुपमा लिने गरीएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शरीरलाई पानीको आवश्यकता छ छैन कसरी थाहा पाउने ?
-
होटलमा एक जनाको शङ्कास्पद मृत्यु, युवक पक्राउ
-
चिया उद्योगको समस्याबारे सांसद अर्यालले भनिन् : 'समस्याको जड पत्ता लगाई समाधान खोजौँ'
-
बन्द चिया उद्योग खुलाउनका लागि भारतसँग तत्काल वार्ता गर्न सरकारसँग नारायणकाजी श्रेष्ठको आग्रह
-
पौडी खेल्ने क्रममा सुर्खेतमा डुबेर एक जनाको मृत्यु
-
मन्त्री भएपछि मेरो प्रिय क्लास छुट्यो– मन्त्री महावीर पुन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण