नयाँ सिलिन्डर बिक्री नगर्न आग्रह
उद्योग वाणिज्य तथा आपूर्ति सचिव बैकुण्ठ अर्यालले खाना पकाउने ग्यासको नयाँ सिलिन्डर बिक्री नगर्न व्यवसायीहरुसँग आग्रह गरेका छन् । बजारमा ग्यासको कृत्रिम अभाव गराएर पुराना सिलिन्डर नसाट्ने र नयाँ सिलिन्डरमात्र बिक्री गर्ने गरेको गुनासो आएपछि नयाँ सिलिन्डर बिक्री नगर्न आग्रह गरिएको हो ।
कोरोना भाइरसको त्रासले गर्दा बजारमा ग्यासको अभाव हुन सक्ने भन्दै उपभोक्ताले ग्यास भर्न थालेपछि बजारमा सामान्य अभाव देखिएको छ । व्यवसायीले पुराना सिलिन्डर नसाट्ने र नयाँ सिलिन्डर बिक्री गर्न थालेपछि आपुर्ति सचिव अर्यालले उद्योगी व्यवसायीलाई नयाँ सिलिन्डर बिक्री नगर्न निर्देशन दिएका हुन् ।
एकै परिवारले धेरै सिलिन्डर मौज्दातमा राख्न खोज्दा अभाव हुने देखिएको भन्दै सचिव अर्यालले नयाँ सिलिन्डर बिक्री वितरण रोक्न उद्योगीहरुलाई आग्रह गरेका हुन् ।
आजको कारोबार दैनिकमा समाचार छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हङकङ मुद्दामा अमेरिकी नीति परिवर्तन, सङ्कटकाल नवीकरण नगरिने
-
धनुषा प्रहरीको अभियानः एक सातामा १२५ फरार प्रतिवादी पक्राउ
-
उद्योग विभागद्वारा ५८ अर्ब बराबर वैदेशिक लगानीको प्रतिबद्धता स्वीकृत
-
ठगीको आरोपमा एकैपरिवारका तीन जना पक्राउ
-
पछिल्लो २४ घण्टामा ५२१ सवारी चालक कारबाहीमा
-
न्यायालयबारे निर्ममतापूर्वक समीक्षा गर्ने बेला भइसक्यो : रास्वपा सांसद न्यौपाने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण