नेपालमा कोरोना नियन्त्रण गर्न चीनले सघाउने
नेपालमा कोरोनाको समस्या भए नियन्त्रणका लागि चीनले पूरा सहयोग गर्ने जनएको छ ।
मङ्गलबार कोरोनको संक्रमण, नियन्त्रण र पूर्वतयारीका विषयमा संस्कृति, पर्यटन तथा नगरिक उड्डयन मन्त्री योगेश भट्टराईसँगको भेटका क्रममा नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले चीनले कोरोना भाइरसको संक्रमण नियन्त्रण र रोकथामका लागि अपनाएका सबै खालका प्रविधि, औषधि र सूचना नेपाललाई दिन चीन तयार रहेको बताएकी हुन् ।
त्यस्तै, उनले कोरोना भाइरसको संक्रमणबाट बच्न नेपालले अपनाएको पूर्वशतर्कता र तयारीको प्रशंसासमेत गरिन् ।
भेटमा मन्त्री भट्टराईले कोरोनाको बढ्दो संक्रमण रोकथामका लागि नेपालले सबै तयारी गरिरहेका जानकारी दिए ।
राजदूत यान्छीले कोरोना भाइरसबाट संक्रमित ८० हजार नौ सय बिरामी मध्ये ५९ हजार चिनियाँ नागरिक उपचारपछि घर फर्किएको जानकारी भेटमा दिएकी थिइन् ।
आजको गोरखापत्र दैनिकमा समाचार छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हङकङ मुद्दामा अमेरिकी नीति परिवर्तन, सङ्कटकाल नवीकरण नगरिने
-
धनुषा प्रहरीको अभियानः एक सातामा १२५ फरार प्रतिवादी पक्राउ
-
उद्योग विभागद्वारा ५८ अर्ब बराबर वैदेशिक लगानीको प्रतिबद्धता स्वीकृत
-
ठगीको आरोपमा एकैपरिवारका तीन जना पक्राउ
-
पछिल्लो २४ घण्टामा ५२१ सवारी चालक कारबाहीमा
-
न्यायालयबारे निर्ममतापूर्वक समीक्षा गर्ने बेला भइसक्यो : रास्वपा सांसद न्यौपाने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण