सर्वदलीय बैठकमा सहभागी भएनन् काँग्रेस सभापति देउवा
काठमाडौं । कोरोना भाइरस संक्रमणविरुद्ध साझा धारणा बनाउन सिंहदरवारमा संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दल र सरोकारवालाहरुको बैठक सुरु भएको छ ।
उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेलले बोलाएको सर्वदलीय बैठकमा सत्तारुढ दलका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेताहरु झलनाथ खनाल र माधवकुमार नेपाल सहभागी छन् । त्यस्तै मन्त्रिपरिषदका पूर्व अध्यक्ष खिलराज रेग्मी पनि बैठकमा सहभागी छन् ।
बैठकमा राजपाका तर्फबाट राजेन्द्र महतो, महन्थ ठाकुर, महेन्द्र राय यादव तथा संघीय समाजवादी राजेन्द्र श्रेष्ठ सहभागी छन् । काँग्रेसका तर्फबाट नेता बालकृष्ण खाण र गगन थापा सहभागी भएका छन् । संसदमा प्रतिधित्व गर्ने दलका शीर्ष नेता बैठकमा बोलाइएपनि काँग्रेसका सभापति शेरबहादुर देउवा भने सहभागी भएनन् ।
बैठकमा स्वास्थ्यमन्त्री भानुभक्त ढकालले कोरोना रोकथाम र नियनत्रणबारे कार्ययोजना पेश गर्नेछन् । सरकारका तर्फबाट पेश हुने उक्त कार्ययोजनामा सहभागी सवै दलका प्रतिनिधिहरुले सुझाव पेश गर्नेछन् ।
बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बोलाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्रीले आफ्नो अभिव्यक्तिबारे प्रष्टीकरण नदिएसम्म सदन अगाडि बढ्न सक्दैन : कांग्रेस
-
विद्यालयले सहयोग रसिद, वार्षिक सहयोगका नाममा शुल्क असुलिरहेका छन् : ज्ञानेन्द्र शाही
-
उपाधिका लागि नेपालसामु १ सय ८९ रनको लक्ष्य
-
अर्थमन्त्रीमाथि छानबिन हुनुपर्छ : ज्ञानेन्द्र शाही
-
फिलिपिन्सको भूकम्पमा मृत्यु हुनेको संख्या १५ पुग्यो, १२९ जना घाइते
-
कलाकारको नाम र स्टारडमले मात्र फिल्म चन्दैन : गौरी मल्ल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण