सिटिजन्स बैंकद्वारा विद्यालयलाई सहयोग
काठमाडौं– शिक्षामा महिलाको पहुँच तथा महिलाको स्वास्थ्यलाई ध्यानमा राखी यस सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले काठमाडौंको ज्ञानेश्वर स्थित महेन्द्र भवन माध्यामिक आवाशिय बिद्यालयलाई सस्थागत सामाजिक उतर दायित्व कार्यक्रम अन्तर्गत बिद्यालयको शौचालय निर्माणकोे लागि पाँच लाख आर्थिक सहयोग प्रदान गरेको छ ।
बैंकमा आयोजित एक कार्यक्रमका बीच उक्त सहयोग रकम हस्तान्तरण गरियोे । बिद्यार्थीको मानसिक बिकासमा स्वास्थ्यले ठूलोे भुमिका खेल्ने भएकोले गर्दा बिद्यार्थीको स्वास्थ्यलाई ध्यानमा राखी यस बैंकले यो सहयोग गरेको छ ।
नेपाल सरकारले अवलम्बन गरेको ‘सुखी नेपाली सम्बृद्ध नेपाल’ को अवधारणालाई साकार पार्न यस किसिमको सहयोग फलदायी हुने विश्वास बैंकले लिएको छ । भविष्यमा पनि बैंकले संस्थागत सामाजिक उतर दायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक आदि जस्ता क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका निम्ति विभिन्न कार्यक्रम संचालन गर्ने कुरा जानकारी गराएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री शाहले नेपाल अर्ग्यानिक सङ्घका पदाधिकारीसँग छलफल गर्दै
-
रोड्री भित्र्याउन रियल र एजेन्टबिच गोप्य वार्ता
-
आजदेखि २४औँ सत्याग्रह सुरु गर्दै गोविन्द केसी
-
देशका प्रमुख नदीमा बहाव सामान्य, २८ जिल्लाका साना खोलामा बाढीको मध्यम जोखिम
-
फेवातालमा पर्यटक सुरक्षाका लागि विशेष जाँच, लागुऔषध सेवन गर्ने तीन डुङ्गा चालक नियन्त्रणमा
-
अमेरिकी तल्लो सदनबाट ११ खर्ब ५० अर्ब डलरको रक्षा विधेयक पारित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण