कोरोना भाइरसको संक्रमणबाट भारतमा पहिलो मृत्यु
एजेन्सी । कोरोना भाइरसको संक्रमणका कारण भारतमा पहिलोपटक एकजनाको मृत्यु भएको छ । भारतको कर्नाटक राज्यमा कोरोना भाइरसको संक्रमणका कारण ७६ वर्षीय एक व्यक्तिको मृत्यु भएको हो । कर्नाटक राज्यका स्वास्थ्य विभाग प्रमुखका अनुसार कर्नाटकको कलबुर्गीमा ७६ वर्षीय एक व्यक्तिको मृत्यु भएको छ । त्यस्तै प्रदेश सरकारका स्वस्थ्यमन्त्री बी श्रीरामुलुले पनि ७६ वर्षीय एक व्यक्तिको मृत्यु भएको जानकारी दिएका छन् ।
मन्त्री श्रीरामुलुकाअनुसार मृत्यु भएका व्यक्तिमा केही दिनअघिमात्र गरिएको स्वास्थ्य परीक्षणबाट कोरोना संक्रमण पोजेटिभ देखिएको थियो । त्यसलगत्तै संक्रमित व्यक्तिलाई अलग राखिएर उपचार सुरु गरिएको थियो । सामाजिक सञ्जालमा ट्वीट गर्दै मन्त्री श्रीरामुलुले मृत्यु भएका व्यक्तिले त्यसअघि को–कोसँग भेट गरेका थिए, उनीहरुको समेत खोजी भैरहेको बताएका छन् । तर उनले मृत्यु भएको व्यक्तिको परिचय खुलाएका छैनन् । साउदी अरबबाट फर्किएका उनको मंगलबार राती मृत्यु भएको बताइएको छ।
मृत्यु भएका ती व्यक्ति उपचारका लागि तेलंगनाको अस्पतालमा समेत गएका थिए । त्यसैले यो विषयमा कर्नाटक सरकारले तेलंगाना सरकारलाई पनि जानकारी गराइसकेको समाचार एजेन्सी एएनआईलाई उदृत गर्र्दै बीबीसीले भनेको छ । त्यस्तै बिहीबार भारतले सबै विदेशी मुलुकबाट आफ्नो मुलुकमा प्रवेश गर्न प्रतिबन्ध लगाएको छ भने दिल्ली सरकारले मार्च ३१ सम्मका लागि सिनेमा हल समेत बन्द गर्ने निर्णय गरेको छ । भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेहरुको संख्या ७७ पुगेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चक्रपथको कलंकी–बसुन्धारा खण्ड निर्माण दसैँ–तिहारपछि (तस्बिर)
-
उपचाररत कलाकार कोपिला थापालाई बोर्ड सदस्य लोहनीको आर्थिक सहयोग
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
-
पुष्पलालको राष्ट्रिय स्वाधीनतासम्बन्धी दृष्टि र आजको सन्दर्भ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण