भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २ पुग्यो
एजेन्सी । भारतमा कोरोना भाइरसको संक्रमणका कारण फेरि १ जनाको मृत्यु भएको छ । शुक्रबार राजधानी नयाँ दिल्लीको पश्चिमी क्षेत्रमा एक ६९ वर्षीया महिलाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको हो । योसहित भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या २ पुगको छ ।
भारतीय स्वास्थ्य मन्त्रालय र समाचार एजेन्सी पिटिआईलाई उदृत गर्दै बीबीसीले भनेको छ, ‘मृत्यु हुने महिला ६९ वर्षकी थिइन् र उनलाई कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको थियो ।’ मृतक महिलाका छोरालाई समेत कोरोना भाइरसको संक्रमण भएको बताइएको छ । कोरानाबाट मृत्यु हुने महिला यसअघि मधुमेह र उक्त रक्तचापको बिरामी भएको समेत बताइएको छ ।
कोरोना भाइरसको संक्रमणकै कारण शुक्रबार कर्नाटकको कलबुर्गीमा एक ७६ वर्षीय पुरुषको ज्यान गएको थियो । उनी साउदी अरबबाट भारत आएका थिए । भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेहरुको संख्या ८२ जना पुगेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसियन गेम्स क्रिकेटमा नेपाल, अफगानिस्तान र जापान एउटै समूहमा
-
६ हजार व्यावसायिक प्रतिष्ठानलाई कारबाही
-
००८ सालमा नेकपाका संस्थापक महासचिव पुष्पलाललाई किन हटाइयो ?
-
कांग्रेसको नवीन परिस्थिति, नवीन सङ्कल्प, नवीन अभियान सुरु (तस्बिरहरू)
-
मिटरब्याज सम्बन्धी उजुरी मेलपिमलापबाट फर्छ्यौट
-
कृषकलाई १७ हजार ४७७ बोरा युरिया मल वितरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण