नेकपाका नेता भीम रावल अब ‘डाक्टर’
काठमाडौं । नेपाली राजनीतिक वृत्तमा अर्का एक जना पीएचडी डाक्टर थपिएका छन् । नेपाल कम्युनिस्ट पार्टी(नेकपा) का नेता पीएचडी डाक्टर थपिएका हुन् । सो पार्टीका स्थायी समिति सदस्य भीम रावल पछिल्लो पटक डाक्टरका रुपमा थपिएका हुन् ।
नेता रावलले राजनीतिक हिंशा र माओवादी द्वन्द्व पोलिटिकल भायोलेन्स एण्ड द माओइस्ट इनसरजेन्सी इन नेपाल (Political Violence and the Maoist Insurgency in Nepal) विषयमा मा विषयमा विद्यावारिधि (पीएचडी) उपाधि हासिल गरेका हुन् ।
यसअघि नेकपाका स्थायी समिति सदस्य बेदुराम भुषालले पीएचडी उपाधी प्राप्त गरेका थिए । भुषालले जनताको बहुदलीय जनवाद (जवज)को ऐतिहासिक विकासक्रम शिर्षकमा उपाधी प्राप्त गरेका थिए । रावलले नेकपामा राष्ट्रवादी नेताको रुपमा छवि बनाएका छन् । रावलले प्रस्तुत गरेको उक्त विषयको शोध प्रबन्धलाई त्रिभुवन विश्वविद्यालयको मानविकी संकायको रिसर्च कमिटीले स्वीकार सोमबार स्वीकार गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बैंगलुरुको कम्ब्याक : लगातार ६ खेल जित्दै प्लेअफमा, साबिक विजेता चेन्नई बाहिरियो
-
एमाले बाँकेको जिल्ला अधिवेशन : अध्यक्षमा तीन जनाको उम्मेदवारी
-
दाङमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु
-
नासाको ‘सुपरसोनिक एक्स–५९’ विमान पहिलो परीक्षण उडानको लागि तयार
-
पाकिस्तानमा सडक दुर्घटना, ३५ जनाको मृत्यु
-
डडेल्धुरामा परशुराम साहित्य महोत्सव आयोजना हुने