पौडेललाई थुनामा पठाउने आदेश
सोमबार, ०३ चैत २०७६, २१ : ०७

विशेष अदालत काठमाडौँले ललिता निवास जग्गा व्यक्तिको नाममा बनाउने मुद्दाको आरोप लागेका तत्कालीन कर्मचारी कृष्णप्रसाद पौडेललाई अनुसन्धानका लागि थुनामा पठाउने आदेश जारी गरेको छ ।
न्यायाधीशहरू शिवराज अधिकारी र चन्द्रबहादुर सारुको इजलासले आज थुनछेक बहसपछि थुनामा पठाउने आदेश जारी गरेको हो । विशेष अदालतका उपरजिष्ट्रार इन्द्रकुमार खड्काले मालपोत कार्यालय डिल्लीबजारमा कार्यरत तत्कालीन शाखा अधिकृत पौडेललाई ललिता निवासको जग्गा भ्रष्टाचार मुद्दामा अदालतमा उपस्थित हुने पौडेल पहिलो व्यक्ति भएको र अनुसन्धानका लागि थुनामा पठाउने आदेश भएको जानकारी दिए ।
अख्तियार दुरुपयोग अनुसन्धानले सरकारी जग्गा व्यक्तिको नाममा बनाउने १७५ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दर्ता गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: विद्यालय शिक्षा विधेयक अन्योलमादेखि सुनमा पाइलैपिच्छे कर
-
हामी विगतबाट सिक्छौँ, वर्तमानको सामना गर्छौँ र भविष्यबारे सोच्छौँ
-
१२ वर्षमा १० वटा सरकार : कसरी फस्यो सरकार अस्थिरताको चक्रव्यूहमा ?
-
‘ई–स्पोर्टस्’मा नाम र दाम कमाउँदै ‘जेन–जी’ पुस्ता
-
जेन–जी युवाले अध्ययन र अदालतमा देखेको अन्तर
-
विकासबारे ‘जेन–जी’को बुझाइ र अपेक्षा कस्तो छ ?