पौडेललाई थुनामा पठाउने आदेश
सोमबार, ०३ चैत २०७६, २१ : ०७
विशेष अदालत काठमाडौँले ललिता निवास जग्गा व्यक्तिको नाममा बनाउने मुद्दाको आरोप लागेका तत्कालीन कर्मचारी कृष्णप्रसाद पौडेललाई अनुसन्धानका लागि थुनामा पठाउने आदेश जारी गरेको छ ।
न्यायाधीशहरू शिवराज अधिकारी र चन्द्रबहादुर सारुको इजलासले आज थुनछेक बहसपछि थुनामा पठाउने आदेश जारी गरेको हो । विशेष अदालतका उपरजिष्ट्रार इन्द्रकुमार खड्काले मालपोत कार्यालय डिल्लीबजारमा कार्यरत तत्कालीन शाखा अधिकृत पौडेललाई ललिता निवासको जग्गा भ्रष्टाचार मुद्दामा अदालतमा उपस्थित हुने पौडेल पहिलो व्यक्ति भएको र अनुसन्धानका लागि थुनामा पठाउने आदेश भएको जानकारी दिए ।
अख्तियार दुरुपयोग अनुसन्धानले सरकारी जग्गा व्यक्तिको नाममा बनाउने १७५ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दर्ता गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिरहामा गोली चल्यो, दुई जना घाइते
-
त्रिविको परीक्षा प्रणालीमा ढिलासुस्ती, साउन १५ भित्र नतिजा सार्वजनिक गर्न माग
-
नवजात शिशुको हत्या आरोपमा दोषी ठहरिएकी महिला निर्दोष
-
बागमती प्रदेशका मन्त्रीहरूको कार्य विभाजन : कसले कुन मन्त्रालय पाए ? (सूचीसहित)
-
बागमतीमा ‘हेलो सीएम’ डेक्स, जनताका गुनासो तत्काल सुनुवाइ हुने
-
घरपालुवा जनावरको मन बुझ्न ट्यारो कार्डको सहारा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण