बाहिरी चक्रपथ निर्माणका लागि चिनियाँ कम्पनीसँग प्रस्ताव माग्ने
काठमाडौँ उपत्यकाको सहरीकरण र ट्राफिक जामलाई व्यवस्थित गर्न प्रस्तावित बाहिरी चक्रपथ निर्माणका लागि चिनियाँ निर्माण कम्पनीसँग प्रस्ताव माग्ने तयारी गरिएको छ ।
काठमाडौँ उपत्यकावासीको दुई दशकदेखिको प्रतीक्षित आयोजनाको रूपमा रहेको बाहिरी चक्रपथ निर्माणका लागि चिनियाँ निर्माण कम्पनीसँग प्रस्ताव माग्नका लागि सहरी विकास मन्त्रालय, लगानी बोर्डको कार्यालय र उपत्यका विकास प्राधिकरणले संयुक्त रूपमा तयारी गरिरहेको लगानी बोर्डको कार्यालयले जनाएको छ ।
बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले बाहिरी चक्रपथ निर्माणका लागि लगानी बोर्डको कार्यालय क्रियाशील रहेको बताउँदै सो चक्रपथ निर्माणका लागि चिनियाँ निर्माण कम्पनी चाइना कम्युनिकेसन कन्स्ट्रक्सन कम्पनीसँग प्रस्ताव (रिक्वेस्ट फर प्रपोजल, आरएफपी) माग्नका लागि तयारी सुरु भइसकेको जानकारी दिए । यो समाचार आजको गोरखापत्र दैनिकमा भउचप्रसाद यादवले लेखेका छन् ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण